के तपाइँको श्रीमानश्रीमती सधै झगडा परिरहन्छ ? त्यसो भए यसो गर्नुस् कहिल्यै झगडा हुँदैन

पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन।
आफ्नो जीवनसाथीसंग सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनाले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ। त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ।

ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका कारण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ। कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्।

सप्तम स्थानमा सूर्य हुनु निश्चित सम्बन्ध विच्छेदको कारण हो। त्यही कुण्डलीमा गुरु कमजोर भएमा पनि विवाहसँग सम्बन्धीत समस्याको समाधान गर्नु पर्दछ।

शिव लिंगको पुजाः
पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ।

सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः
यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ।

 

गौमती चक्रः
यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ। किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ। यो पनि :-

हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम:

पुजा पाठ
जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।

तुलसी
तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।

गोबर
गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

मन्दिर
पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।

तपाई कुनै काम गर्दै हुनुन्छ भने वार र राशी अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् ।

तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ

आइतबार: आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन(बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ ।

सोमबार: यज्ञ गर्नु गराउनु, गाइ, भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त हुन्छ ,

मंगलबार: यसबारमा भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ ।

वुधबारः यस बारमा चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ।

विहीवारः धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ ।

शुक्रबारः यसबारमा गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ(बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।

शनिबारः यसबारमा झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह(प्रवेश), स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।

यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ । त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।

इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।

यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छ

धनि बन्ने सबैको चाहना हुन्छ , जीवनमा अनेकौं संघर्ष गरिरहेका हुन्छौं हामी ताकी धन सम्पति आर्जन गर्न सकियोस र सुख र आरामदायक जीवनयापन गर्न सकियोस वास्तु शास्त्रका अनुसार पर्समा पैसाको अभाव नहोस् भन्नका लागि यसमा पनि सकारात्मक उर्जा पैदा गर्नुपर्छ ।

तपाइँले पर्समा राख्ने कुराले यसमा पैसाको प्रयाप्तता र अभावको वातावरण बन्ने पैदा हुने वास्तु शास्त्रको भनाइ छ ।यहाँ वास्तु शास्त्रका अनुसार पर्समा राख्नु पर्ने ७ कुराको चर्चा गरिएको छ यी कुरा पर्समा राख्दा पैसाको अभाव हुँदैनःहरेक कुरा पर्समा राख्ने बानी छ भने यस्तो नगर्नुस् पर्समा अनावश्यक चिजहरु गोलमाल गराए राख्दा यसले नकारात्मक उर्जा पैदा हुन्छ र आर्थिक अभाव हुन सक्छ ।

यदि तपाइँको पर्समा लक्ष्मीको तस्विर छ भने यसले पनि सकारात्मक उर्जा पैदा गर्छ यसले पैसाको अभाव हुन नदिने वास्तु शास्त्रको विश्वास छ पर्समा लक्ष्मीको प्रतिमा, गोमती चक्र, चाँदिको सिक्का राख्नु पनि शुभ मानिन्छ । यस्ता वस्तुले पर्समा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

मानिसहरुले कसै न कसैलाई गुरु मान्छन् कतिपयलाई कुनै तर्थस्थलप्रति श्रद्धा हुन्छ पर्समा गुरुको तस्विर हुनु वा अध्यात्मिक क्षेत्रको तस्विर हुनु सकारात्मक मानिन्छ यसले तपाइँलाई आर्थिक अभाव हुन नदिने वास्तु शास्त्रको भनाइ छ पर्समा लक्ष्मीलाई चढाइएको वा पुजामा प्रयोग गरिएको चावलका दाना राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ । यस्तो चामललाई कागजमा पोको पारेर पर्समा राख्नु उचित हुने मानिन्छ ।

पर्समा अश्लिल तस्विर वा अश्लिल सामग्री नराख्नुस् यस्ता कुराले नकारात्क उर्जा बढाउँछ सके सम्म देवी देवताका तस्विर राख्नुस् पैसाकी देवी लक्ष्मी हुन् लक्ष्मीको कृपा भएमा पैसा हुने विश्वास गरिन्छ यसका लागि पर्समा श्रीयन्त्र राख्नु राम्रो हुने वास्तु शास्त्रको भनाइ छ । विधी पुर्वक पुजिएको श्रीयन्त्र पर्समा राख्दा पैसाको अभाव हुँदैन ।

सुखी जीवनका लागि हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन् । शास्त्रमा रहेका नियमहरुको सही पालनाले जीवन सुखमय रहन्छ । गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ ।यी चार कामलाई अधुरो छोडेमा भविष्यमा जीवनमा नोक्शान हुने धारणा छ ।थाहापाउनुस् यी चार काम जुन कहिल्यै अधुरो छोड्न हुन्न ।

पहिलो काम : यदि कोही शत्रुले लगातार तपाइँलाई हानी पु–याउने कोशिस गरिरहेको छ भने सतर्क हुनुपर्छ । शत्रुसँग मित्रता बढाउन नसके उसलाई जसरी पनि पराजित गर्नुपर्ने शास्त्रमा उल्लेख छ । शत्रुलाई पराजित नगरी अधुरै छोड्यो भने उसले जुनैैसमयमा पनि नोक्शान पु–याउन सक्छ । त्यसैले शत्रुलाई नियन्त्रणमा राख्नुपर्छ ।दोस्रो काम : ऋण वा उधारो लिएपछि सँधै पूरै फिर्ता गर्नुपर्छ । यदि ऋण पूरै फिर्ता गरिएन भने ब्याजका कारण ऋण पुनः बढ्ने सम्भावना हुन्छ । त्यसैले ऋणलाई शत–प्रतिशत तिर्ने बानी गर्नुपर्छ ।

तेस्रो काम : यदि कोही व्यक्ति बिरामी परेमा औषधोपचार गरेर पूर्णरुपमा उपचार गर्नुपर्छ । रोगलाई औषधोपचार गरेर पूरै रुपमा ठीक भएन भने रोग बल्झेर शरीरमा हानी पु–याउन सक्छ । त्यसैले रोगलाई जहिलेपनि पूर्ण निवारण गर्नुपर्छ ।चौथो काम : कुनै ठाउँमा आगलागी भएको छ भने आगो पूरै निभाउनुपर्छ । अन्यथा थोरै आगो पनि सल्केर ठूलो नोक्शान हुनसक्छ । आगोलाई कहिल्यै सानो ठान्नु हुँदैन र आगोलाई पूर्णरुपमा निभाउनुपर्छ ।

पिपल भगवानकै यौटा स्वरुप भएको हिन्दु धार्मिक मान्यता छ , सत्ययुगमा राक्षस जालन्धरको अन्याय अत्याचार अन्त्य गर्न जालन्धरकि पत्नी वृन्दाको सत्य डगाउन भगवान बिष्णु स्वयं जालान्धर्कै रुप धारण गरि गएको र त्यो सत्य बृन्दाले थाहा पाएर भगवान विष्णुलाई श्राप दिएको कथन सुन्न पाइन्छ ,वृन्दाले घास ,झार पत्थर र विरुवा हुनु परोस भनि श्राप दिएकी थिइन् जसमा झार हुनु परोस भनेको मा तुलसी ,घास हुनु परोस भनेको मा कुश ,पत्थर हुनु परोस भनेको मा शालिग्राम र विरुवा हुनु परोस भनेको मा पिपल ।

यसरि पिपल भगवान बिष्णुको स्वरुप रहेको विश्वास गरिन्छ गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ ।त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू ।जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।

जल चढाएपछि फूलप्रसाद चढाउनु होस् : धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ :ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ ।

यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ ।शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ( मानिन्छ ।साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।

धेरै भन्दा धेरै धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र?जसको लागि मानिसहरू कडा मेहेनत गर्न पछि हट्दैनन। तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन । समुद्र शास्त्रमा यो बताइएको छ कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने छैन।

आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्नुहोस। माता लक्ष्मी को कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन। साथसाथै अन्य धन कमाउने कयौ मौका मिल्दछ। आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना राख्नाले तपाइसग पोइसा को कमि कैले हुने छैन। माता लक्ष्मीको कृपा सधैं सधैं रहिरहने छ ।

पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ। भानिन्छ कि पर्समा थोरै चामल राख्नाले फजुल खर्च रोकिन्छ। गोजीमा श्रीयंत्र राख्नाले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ। यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस। पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ। तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा हुन्छ।