तपाइँको जीवन कस्तो छ ? यसरी हातको रेखा हेरेर थाहा पाउनु होस् ?

हातमा रहेका यी ७ रेखाबाट थाहा हुन्छ तपाईको जीवन कस्तो हुनेछ ?धेरैजसो मानिसहरु आफ्नो हातको रेखा हेरेर सोच्ने गर्छन् कि, के उनीहरुलाई जीवनमा कहिल्यै सफलता मिल्ला रु तर हामीमध्ये धेरैजनालाई हस्तरेखाको बारेमा जानकारी नै हुँदैन ।यस्तोमा धेरैजनाले कुनै ज्योतिषलाई हात देखाएर उनले भनेका कुरामा गर्छछन् । तर के तपाईलाई थाहा छ कि, हातको पञ्जामा भएका धेरै रेखा हेरर आफैंले आफ्नो भविश्यबारे जानकारी लिन सकिन्छ ।

यसका लागि तपाईलाई कुनै ज्योतिषको आवश्यकता पर्दैन । यो आलेखमा हामीले हातमा हुने रेखाको प्रकार र त्यसले तपाईको भविश्यप्रति गरेको संकेतबारे उल्लेख गरेका छौं ।जीवन रेखा:जीवन रेखा तपाईको हातमा हुने महत्वपूर्ण रेखा हो । जसमा तपाईको जीवन र जीवनमा हुने महत्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदी यो रेखा गहिरो र लामो छ भने तपाईको स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट र दुःख सहनुपर्ने हुन्छ ।

हृदय रेखा”हृदय रेखामा तपाईको प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौं रहस्य लुकेका हुन्छन् । यदि तपाई कुनै व्यक्तिको बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ या छैन भनेर रु तपाई उसको हातमा भएको हृदय रेखा हेरर अन्दाज लगाउन सक्नुहुन्छ । हातको पञ्जामा रहेको हृदय रेखा सिधा र छोटो छ भने त्यस्तो व्यक्ति शब्दले वर्णन गरे भन्दा काम गरेर प्रेम दर्साउँछन् । यदि कुनै व्यक्तिको हातको यो रेखा मोडिएको छ भने त्यो व्यक्तिको इच्छा धेरै प्रबल हुन्छ ।

मस्तिष्क रेखा:मस्तिष्क रेखा कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट तपाईको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, तपाई जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सक्नुहुन्छ । यस्तै यो रेखा लामो हुनुको अर्थ हो कि तपाई कुनै पनि कुराबारे गहिराइमा गएर बुझेर मात्रै निर्णय गर्नुहुन्छ । लामो र मोडिएको मस्तिष्क रेखा हुनुको अर्थ हो कि, तपाई रचनात्मक तरिकाले सोच्नुहुन्छ ।

भाग्य रेखा:यो रेखा बीच बीचमा टुटेको हुनु अथवा पातलको हुनुको अर्थ हो कि तपाईको भाग्य बुलन्द छैन । तपाईले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा तपाईको औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने तपाईलाई परिवार र साथीहरुबाट सधैं सुख प्राप्त हुने छ । सूर्य रेखा:यो रेखाको बारेमा धेरै व्यक्तिलाई जानकारी नै हुँदैन । यो रेखा तपाईको हातको पञ्जामा ठाडो रुपमा कोरिएको हुन्छ । जसबाट थाहा हुन्छ कि, कुनै व्यक्ति कति रचनात्मक हुन्छ । साथै कुनै व्यक्तिमा कति आत्मविश्वास र योग्यता छ भन्ने अनुमान पनि यो रेखाबाट गरिन्छ । धेरैजसो मानिसहरुमा यो रेखाको अभाव हुन्छ ।

छोटा र पातला रेखा:हामीमध्ये धेरै व्यक्तिका हातमा छोटा र पातला धेरै रेखा हुन्छन् । यस्ता व्यक्ति धेरै संवेदनशील मानिन्छन् । साथै समय आउँदा यस्ता व्यक्ति सही र गलतको बीचमा फरक छुट्याउन दुविधामा पर्ने गर्छन् । हातमा धेरै कम रेखा हुनु:यस्ता व्यक्ति आफ्नो बचनको पक्का हुनुका साथै जिद्दी स्वभावका हुन्छन् । हातमा कम रेखा हुने व्यक्ति कहिल्यै कसैका लागि बदलिँदैनन् । यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नु र सम्बन्ध टिकाइ राख्नु तथा कुरा गर्न पनि गाह्रो हुने गर्छ ।एजेन्सी  यो पनि :-

रीति–रिवाज तथा परम्पराहरुलाई मान्नु हाम्रो आस्था वा विश्वासमा निर्भर गर्छ । तर, हाम्रो केही रीति–रिवाजहरुको वैज्ञानिक फाइदा पनि छन्, जसले तपाईलाई स्वास्थ्य बनाउन मद्दत गर्छ । जान्नुहोस्, हामीले गर्ने गरेको यी ८ धार्मिक आचरणसंग के छ विज्ञानको सम्बन्ध ?टीका लगाउनु – निधारको बीच भागमा टीका लगाउनाले हाम्रो मस्तिष्कको मुख्य भागमा दबाब पर्छ, जसले शरीरको शक्ति र एकाग्रता शक्ति बढाउँछ ।

टीका लगाउनाले अुनहारमा रक्तसञ्चार पनि ठिक तरिकाले हुन पाउँछ, जसले छालामा चमक बढ्छ हात जोडेर नमस्कार – पूजाको अवधिभर वा आफूभन्दा ठूलासँगको भेटमा हामी थोरै निहुरिएर हात जोडेर नमस्कार गर्छाै, यसले हात तथा औँलाको ति किुनामा दबाब पर्छ, जसले आँखा, नाक, कान, मुटुजस्ता शरीरको भाग जोडिएको हुन्छ । यसले शरीरको कार्यलाई सुधारर्छ र बिरामीको खतराबाट बचाउँछ ।

मन्दिरको घन्टीको आवाज – अध्ययन भन्छ, जब हामी मन्दिरको घन्टी बजाउँछौ, ७ सेकेन्डसम्म हाम्रो कानमा त्यसको आवाज गुञ्जिन्छ । यो अवधिमा शरीरमा आनन्द दिने ७ केन्द्र सक्रिय बन्छन्, जसले नकारात्मक शक्तिलाई शरीरबाट बाहिर निकाल्छ मन्दिरमा खाली खुट्टा हिड्नु –खाली खुट्टा हिड्दा खुट्टामा रहेको दबाब केन्द्रमा दबाब पर्छ, जसले रक्तचाप, मधुमेह तथा मुटु रोगजस्ता गम्भिर स्वास्थ्य समस्याको खतराबाट बचाउँछ ।

भुईमा बसेर खानु – खाना खानका लागि हामी भुईमा पलेटी मारेर बस्छौ । यसलाई पाचन प्रक्रियाको सबैभन्दा उत्तम आसन मानिएको छ । यसरी बसेर खाएमा पाचन प्रक्रिया सही रहने र पेट सम्बन्धी समस्या पनि टाढा रहेने हुन्छ बिहान सबेरै उठ्नु – बिहानको समयमा प्रदुषण कम हुने भएकाले वायुमंडलमा अक्सिजनको मात्रा सबैभन्दा बढी हुन्छ । यस समय उठेर बाहिर कतै निस्किने वा श्वास लिने, व्यायाम गर्ने गर्नाले शरीरमा अक्सिजनको सञ्चार हुन्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।

होम गर्दा निस्कने धुवा – होम गर्दा निस्कने धुवाँको बास्नाले मन शान्त हुन्छ । साथै यसले वरपरको ब्याक्टेरियालाई नष्ट गर्छ ननुहाई खाना नखाने – नुहाउँनाले हामीलाई ताजापन महशुस हुन्छ र भोक पनि ठिकसँग लाग्छ । तर, खाना खाएपछि नुहाउनाले अचानक शरीर चिसो हुन्छ, जसले पाचन प्रक्रिया ढिलो वा बिग्रन सक्छ ।

यसैगरी बिहान दिनको प्रतिक हो नयाँ दिनको सुरुवात हो त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् दिन शुभ रहोस् भन्ने कामना गर्छन् दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् ।

यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप ?तमाको लोटामा राखेको पानी खानुहोस् : बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

तेलले मालिस गर्नु : दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।तुलसीमा जल चढाउनु: दिनहु बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

सूर्यलाई जल चढाउनु : शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।गाईलाई रोटी ख्वाउनुहोस् : सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

योग एवं ध्यान गर्नुहोस् : लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ । मानसिक