गोपाल हमालद्वारा विवेकशील साझा परित्याग

धनगढी। विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टी परित्याग गरेका छन्। उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्।

‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगरपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्,’ राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिम पटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

हमाल २०७४ साउन २८ गतेदेखि विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए। उनले आउने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन्।