एमसीसी कार्यान्वयन हुनुपर्छ : नेकपा एमाले

काठमाडौं। नेकपा एमालेले एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे आफ्नो धारणा राखेको हो।

अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘एमसीसी परियोजना अब संसद्बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ।’

संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको एमालले आरोप लगाएको छ। एमसीसी आइतबार संसदबाट अनुमोदन भएको हो।