एमालेलाई एमसीसीमा मतदान गर्न दिइएन : प्रदिप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट एमाललेलाई बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाएका छन्।

काठमाडौंमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको आरोप लगाएका हुन्।

उनले भने, ‘प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो। देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ।

संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ।’

सत्तागठबन्धनमा रहेका दलहरूले एमसीसी सम्झौता गरेको र उनीहरुले नै आफ्नो पार्टी विभाजन गरेको उनले आरोप लगाए।