उपमेयर बसेलले गरिन जनवादी विवाह

काठमाडौं । गोर्खा पालुम्टार नगरपालिकाकी उपमेयर कम्रेड  पम्फा बसेल र युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव  दिलीप बीच विवाह सन्पन्न भएकाे छ ।

प्राय कमिस्ट नेता तथा उनीहरुका छाेरा छाेरीले समाजलाई जनचेतना फैलाउन तथा दाईजाे प्रथाकाे अन्त्य गर्न थाेरै खर्चमा जावादी विवाह गर्ने गर्दछन् भने कुुनै कमिष्ट नेताहर भने राजा महाराज भन्दा अझ धेरै तडकभडकका साथ विवाह गरेकाे पाईन्छ ।

तर कुनै कुनै कमिष्टहरु चामलमा विया भेटिए झै जनवादी विवाहकाे संस्कारलाई जाेगाई राखेकाे पाईन्छ । यहि उदाहरण दिएकी छिन् गाेर्खा पालुम्टारका उपमेयर कम्रेड पम्फा  बसेलले ।

साेहि विवाहमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

साेहि उदाहरणलाई मध्ये नजर गर्दै यस नगरपालिकाले विवाहकाे नाममा लाखाैं खर्च गर्ने, दाईजाे प्रथालाई प्राेत्साहन गर्ने लाई कारवाहिकाे दायरामा ल्याउने छ भन्ने समाजमा आशा पलाएकाे छ ।