अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न राप्रपा नेपालको माग

काठमाडौं ८ फागुन । राप्रपा नेपालले एमसीसी कार्यान्वयन गर्न अमेरिका र चीनलाई विश्वासमा लिनुपर्ने बताएका छन् । पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले जनतामा एमसीसीको विषयमा भएको भ्रम निराकरण गर्दै अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको हो ।

विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रुपले बढ्दै बताएको राप्रपा नेपालले नेपाल वाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा देखिंदै गएको बताएको छ ।

‘यसको ज्वलन्त उदाहरण एमसीसी सम्बन्धी विवाद हो । प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र अदूरदर्शिताको परिणाम स्वरुप एमसीसी अनावश्यक विवादको बन्धक भएको छ ।’
साथै बैठकले एमसीसीबारे छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्ता गम्भीर रुपमा लिनुपर्ने पनि बताएको छ ।

यस्ता छन् पहिलो केन्द्रीय कार्य समितिको बैठकका निर्णयहरू;

१- बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ ।
२- बैठकले पारित गरेको घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित “सम्बद्र्धनवाद” पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ । नेपालको भू(राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपालले “राष्ट्रियता” लाई सर्वोपरि साध्य बनाएको छ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा राष्ट्रनिर्माताको दिव्य उपदेशलाई राप्रपा नेपालले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको छ । साथै, समावेशी प्रजातन्त्र पार्टीको अपरिहार्य आधार हुने घोषणापत्रमा उल्लेख छ ।

३- बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग गरेको छ ।
४- बैठकले राष्ट्रको एकिकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्‍याएको योगदानको उच्च मुल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रीत हुने तथा लोकतान्त्रिक हिन्दुराष्ट्र मुख्य कार्यनीति हुने निर्णय गरेको छ ।
५- बैठकले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा निर्धारण गरेको छ ।

६- विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिंदै छ । यसको ज्वलन्त उदाहरण एम।सी।सी। सम्बन्धी विवाद हो । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदूरदर्शिताको परिणाम स्वरुप अमेरिकी अनुदान सहायता ९एम।सी।सी।० अनावश्यक विवादको बन्धक भएको छ । फलतः एम।सी।सी। सम्बन्धमा आम नेपाली जनतामा गम्भिर आशंका बढाएको छ । साथै, एम।सी।सी। बारे छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्ता गम्भीर रुपमा लिनुपर्छ । त्यसर्थ, नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एम।सी।सी। कार्यान्वयन गर्न नेपाल सरकार तथा

सबै राजनीतिक दलहरुसँग राप्रपा नेपाल आग्रह गर्दछ ।

७- छोटो समयमा पटक(पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राप्रपा नेपाल घोर भत्र्सना गर्दछ । साथै सर्वसाधारण जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि जोडदार माग गर्दछ ।
८- स्थानीय निकायको निर्वाचनको तयारीको लागि देहाय बमोजिम स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन भएको छ ।