एमसीसी अनुमोदन गर्नु हाम्रो कर्तव्य हो, यसको परिणाममा गठबन्धन रहेन भने रहेन : गगन थापा

काठमाडौं ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विषयमा अहिले विरोध गर्नेहरु नै एमसीसीको पक्षमा मतदान गर्ने दावी गरेका छन् ।

आइतबार बसेको संसद बैठक पछि महामन्त्री थापाले एमसीसीको पक्षमा मतदान हुने समयसम्म सबै दलहरुले पक्षमा मतदान गर्ने दावी गरेका हुन् ।

एमसीसी अनुमोदन हुने विश्वासका साथ दावी गरेका उनले ‘टेबुल भएर छलफल भएर पास गर्ने बेलासम्म अहिले विरोध गर्ने दलहरू मतदान गर्ने अवस्थामा आइपुग्ने बताएका हुन् ।

नाराबाजीका बीच पनि छलफल हुँदोरहेछ भन्ने आजको बैठकले प्रमाणित गरेको उनले बताएका छन् । एमसीसी अनुमोदन गर्नु आफ्नो कर्तव्य भएको बताएका उनले भने, ‘यसको लागि गठवन्धन रहने भने रहेन ।’