आफ्नो बुवाको कारण अभिनेत्री अनन्या पाण्डेले आफ्ना साथीहरूलाई घरमा बोलाइदिनन्, भनिन्– पापा सबैको अगाडि लाजमर्दो काम गर्नुहुन्छ

बलिउड इन्डस्ट्रीकी सुन्दर अभिनेत्री अनन्या पाण्डे निकै चर्चित अभिनेत्री बनेकी छिन् । अनन्याको अभिनयलाई लिएर फ्यान पागल छन् । यससँगै सामाजिक सञ्जालमा उनको फ्यानहरुले पनि उत्तिकै समर्थन गरेको देखिन्छ । अभिनेत्री अनन्या पाण्डे सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् ।

जसलाई फ्यानहरुले निकै रुचाएका छन् । अनन्या पाण्डे हरेक दिन हेडलाइनमा रहन्छिन् । नायिका कहिले आफ्नो नयाँ फिल्मलाई लिएर चर्चामा छिन् भने कहिले उत्कृष्ट तस्विरका कारण चर्चामा छिन् । तर यसपटक अनन्या आफ्नो एउटा खुलासालाई लिएर चर्चामा छिन् । आफ्नो खुलासामा अभिनेत्रीले आफ्नो बुवाको बानीले आफूलाई दिक्क भएको बताइन् । बुबा चंकी पाण्डेकै कारण अभिनेत्रीले साथीभाइलाई घरमा बोलाउदिनन् ।

अर्कोतर्फ घरमा साथीभाइ आए पनि नरोकिएर छिट्टै निस्किन्छन् । हालै अनन्याले आफ्ना बुवा चर्चित अभिनेता चंकी पाण्डेको बारेमा एउटा महत्वपूर्ण खुलासा गरेकी छिन् । अनन्याले थप बताइन् कि उनका बुबा चंकी पाण्डे सधैं तौलिया मात्र लिएर घरभर घुम्छन्। चंकी पाण्डेले घरमा कुनै लुगा लगाउँदैनन्, उनी तौलिया मात्र लगाउँछन् ।

जसका कारण अनन्या पाण्डेले आफ्ना कुनै पनि साथीलाई घरमा बोलाउने गर्दिनन् । यता, उनका साथीहरू घर आए पनि चंकीलाई यस्तो देखेर असहज हुन्छन् र केही समयपछि छोड्छन् । अर्कोतर्फ अनन्या पाण्डेको वर्कफ्रन्टको कुरा गर्ने हो भने नायिका छिट्टै फिल्म ‘लिगर’मा देखिने छिन् । उनको यो फिल्म साउथ सिनेमाको फिल्म हुनेछ ।

यस चलचित्रमा विजय देवरकोंडा, माइक टायसन, रम्या कृष्णा, अली, रोनित रोय, मकरन्द देश पाण्डे जस्ता ठूला कलाकारले अभिनेत्रीसँग स्क्रिन सेयर गर्नेछन् । उनका फ्यानहरु उनको फिल्मको प्रतिक्षामा छन् । नायिका यतिबेला आफ्नो फिल्म ‘गहरियाई ’ लाई लिएर चर्चामा छिन् । जसमा उनले दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीसँग मुख्य भूमिका निभाएका थिए ।