अभिनेत्री आलिया भट्ट भन्छिन् ‘मैले मन मनै प्रेमि रणवीर कपुरसँग विवाह गरिसके’

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय आफ्नो फिल्म गंगुबाई काठियावाडीलाई लिएर चर्चामा छिन् । फिल्मसँगै आलिया भट्ट आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छिन् । बारम्बार आलिया भट्टको बिहेको खबरहरु आइरहेका छन् । उनीहरुको विवाहको खबर यसै वर्षको अप्रिलमा आएको थियो ।

तर त्यसअघि आलिया भट्टले आफूले रणवीर कपुरसँग विवाह गरेको स्वीकार गरेकी छिन् । यो थाहा पाएपछि फ्यानहरु पनि छक्क परेका छन् । आलिया भट्टले रणवीरलाई कति माया गर्छिन् भन्ने कुरा आफ्नो प्रेमको बारेमा धेरै पटक इशारामा बताएकी छिन् । आजकल आलिया गंगुबाईको प्रमोशनमा निकै व्यस्त देखिन्छिन् ।

यो फिल्मको प्रमोशनका क्रममा आलिया भट्टले यस्तो कुरा भनिन्, जुन सुनेर उनका फ्यानहरू छक्क परेका छन् । आलियाले आफ्नो मनमा रणवीर कपुरसँग विवाह गरेको बताएकी छन्, यो कुरा आलिया भट्टले आफैंले खुलासा गरेकी छन् ।