बिल गेट्स पाकिस्तानमा,प्रधानमन्त्री खानसँग गरे भेटवार्ता

इस्लामावाद ६ फागुन- बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ ।उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ ।

उहाँले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले पोलियो उन्मुलनका विषयमा कुराकानी गर्नुभएको बताइएको छ ।पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गर्नुभएको जनाइएको छ ।सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ ।