गायिका समिक्षा अधिकारीको तहल्का मच्चाऊने अर्को दोहोरी गीत ‘भुल भयो म बाट’ सार्वजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सुवास खत्री र समीक्षा अधिकारीको स्वरमा सजिएको नया गीत भुल भयो मबाट भर्खरै दर्शक तथा स्रोताहरू माझ सार्वजानिक भएको छ।

शिव अखेलीको रचना तथा इश्वर सिंहको संगीतमा तयार भएको गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो। गीतको अडियो तथा भिडियो दुवै तयार भइ सार्वजानिक गरिएको छ। साथै यस गीतको भिडियोमा प्रेम थापा र अन्जली अधिकारीको जोडदार अभिनय देख्न पाईन्छ।

गायक सुवास खत्री भिडियोको निर्देशन श्रीजन थापा (रिसी) ले गरेका छन्। गीतको कोरियोग्राफरमा दिपक गिरी रहेका छन्। अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई दिपक सापकोटाले निर्माण गरेका हुन्।

लोक भाकामा रचिएको प्रस्तुत गीतमा प्रेमिल युवा जोडीहरूले आफूले एकापसमा बोलेर गल्ती गरेको कुरा देखाउन खोजिएको छ। इमरल्याण्ड आर्ट स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको गीतले एक मिलियन प्लस भियुज बनाईसकेको छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :