गोरखामा एमसीसीको विरोधमा अखिल क्रान्तिकारी र वाईसिएल नेपालको राके जुलुस प्रदर्शन , प्रहरी र युवा विद्यार्थी बिच घमसाघम्सी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल क्रान्तिकारी गोरखा र वाईसिएल नेपाल गोरखाले एमसीसीको विरोधमा आज राकेजुलुस सहित प्रर्दन छ । गोरखा सदमुकामको मुख्य चोक हरमटारीमा संगठनले एमसीसी राष्ट्रको हितमा नभएको भन्दै कुनै पनि हालतमा टेवल गर्न नहुने जनाउदैै विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका गोरखा जिल्ला अध्यक्ष विष्णु पाण्डेले जानकारी दिनु भयो ।

राके जुलुश सहितको रयालीको क्रममा प्रदर्शनकारी र प्रहरी बिच झडप समेत भएको थियो । शान्ति पुर्ण विरोधलाई वाधा पुर्याउने खोजे पछि प्रहरी सँग ठेला ठेल समेत भएको उहाँले बताउनुभयो । प्रहरीले आफुहरुको कार्यक्रमलाई विफल बनाउन खोजेको भन्दै युवा विद्यार्थीले चर्को नावाजी गरेका थिए । केन्द्रिय कमिटीको सर्कुलर अनुसार। पाटीर्को कार्यलय पाटेचौबाट सुरु भएको राके जुलुस हस्पिटलचोक, घयाम्पेसालचोक हुदै हरामटारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

ss.jpg

उहाँका अनुसार निधारमा कोलो कफन साथै नोएमसीसी, रिजेक्ट एमसीसी, देश बेच्न पाईदैन एमसीसी चाहिदैन जस्ताका नारा सहितको प्लेकार्ड र राके जुलुसका साथ विरोध प्रदर्शन गरिको हो । कार्यक्रममा अखिल क्रान्तिकारी गण्डकी प्रदेशका उपाध्यक्ष राजन आले मगर , वाईसिएल नेपाल गोरखा नगरपालिकाका अध्यक्ष रोसन मियाले मन्तव्य व्यक्त गर्नु भएको थियो । कोण सभालाई अध्यक्ष पाण्डेले सञ्चालन गर्नु भएको थियो ।