टिकटकमा भाइरल अमन्सु र दुर्गा चितवनमा भेटिए, विहेबारे हाँस्दै हाँस्दै दिए यस्तो प्रतिक्रिया (भिडियो हेर्नुहोस्)

पछिल्लो समय समाजिक संजाल टिकटक सबैको लागी लोकप्रिय बन्दै गएको छ । धेरै मानिसले आफुलाई चिनाउने माध्यम पनि बनाएका छन । यस्तै सिन्धुपाल्चोक घर भएकी २१ वर्षीय अमन्सु खड्का र बागलुङ घर भएकी २८ वर्षीय दुर्गा सापकोटा अहिले सामाजिक संजाल टिकटकमा निकै भाइरल जोडी रुपमा चिनिएका छन् । दुर्गा र अमन्सु केटिकेटी भएपनी उनिहरुको टिकटक अलग हुने गर्दछ । आफुहरुले एक अर्कालाई धेरै माया प्रेम गर्ने गरेको उनिहरुले बताएका छ्न ।

आफू अहिले काठमाडौ देखि चितवन दुर्गालाई भेट्न आएको अमन्सुले बताएकि छिन । आफू चितवन दुर्गालाई भेट्न हप्तामा १ चोटि आउने गरेको अमन्सुले बताएकी छिन । दुर्गाले बनाएर दिने खाने कुरामा मासु धेरै मन पर्ने अमन्सुले बताएकी छिन् । आफुहरुले मिडियामा पहिलो अन्तर्वार्ता दिई सकेपछि टिकटकमा अहिले लगाएका भिडियोहरुमा धेरैको सकारात्मक टिप्पणी आउने गरेको दुर्गाले बताएकी छिन । पहिले धेरै मान्छेहरू झुक्किएकोले गर्दा यो कस्तो सम्बन्ध हो भनेर नकारात्मक पनि सोच्ने गरेको उनले बताईन ।

अर आफुहरुको अन्तरबार्ता पछि अहिले सबैले यथार्थ थाहा पाएकोले पनि सकारात्मक टिप्पणी आउने गरेको दुर्गाले बताएकी छिन । केटी मान्छे भएर यस्तो गर्ने हामी केटा मान्छे त अब म’रेपनी हुन्छ भनए जस्ता टिप्पणी आउने गरेको अमन्सुले बताएकि छिन । पहिले सबैले आफुलाई नराम्रो कमेन्ट गर्ने गरेको अमन्सुले बताएकी छिन् । जसले जस्तो कमेन्ट गरेपनी आफुलाई मतलब नै नलाग्ने गरेको अमन्सुले बताएकी छिन् । केही आफन्तहरुले भने मिडियामा अन्तरबार्ता हामिलाई खबर नगरी किन दिएको समेत भनेको अमन्सुले बताएकी छिन ।

अहिले भनए कति जनाले त बाटोमा देख्दा तपाईलाई हामिले अन्तर्वार्तामा देखेको भनेर भन्ने गरेको दुर्गाले बताएकी छिन । अन्तर्वार्ता देखेपछि दाजु आमा खुशी हुनुभएको दुर्गाले बताएकी छिन् । ममिले फोन गरेर अन्तर्वार्ता दिएको हो भनेर सोध्नु भएको थियो र राम्रो नै कुरा गर्नु भयो भन्छिन् अमन्सु । आफुले आफ्नो सम्बन्धको बारेमा खुलेर बोल्दा सबै जना खुशी हुनुभएको अमन्सुले बताएकी छिन् । माया गर्ने प्रेम गर्ने छोरा मान्छे नै चाहिन्छ भने छैनन् जो भएपनी हुन्छ जो सँग पनि हुने दुर्गाको भनाई छ ।

माया गरेर जिन्दगी बिताउन छोरा मान्छे चाहिन्छ भने हुँदैन केटिकेटिले पनि बिताउन सकिन्छ भन्ने आफ्नो सोच रहेको अमन्सुले बताएकी छिन् । आफ्नो खुट्टा उभिएर पछि बिहे गर्ने अमान्सु बताउँछिन । सानै देखी आफुलाई गित गाउन मनपर्ने गरेकोले पछि गायिका हुने मन भएको अमन्सुले बताएकी छिन् । आफुहरु मिडियामा आएर अन्तरबार्ता दिए पछि धेरैले यथार्थ बुझेर प्रतिक्रिया दिने गरेकोमा अहिले भने आफुहरु निकै खुशी समेत भएको दुबैजनाले बताएका छन । (भिडियो हेर्नुस्)