आखिर किन बेच प्रकाश सपुतले आफ्नो घर ? दिए यस्तो जानकारी

काठमाडौं। नेपाली कला क्षेत्र भन्ने बित्तिकै मानिसहरु त्यसमा लाग्न सयपटक सोच्छन्। अझ सांगीतिक क्षेत्रको त कुरै छोडौं। सांगीतिक क्षेत्रमा लागेर जीविकोपार्जन गर्न निकै नै मुस्किल हुन्छ भन्ने धेरै मानिसको बुझाइ छ। तर, पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै नै सुधार आएको छ। गायक गायिकाहरुले संगीतबाटै आफ्नो जीविकोपार्जन गर्न मात्र होइन ठूलो सम्पत्ती नै जोड्न थालेका छन्। यसको पछिल्लो उदाहरण हुन्, गायक प्रकाश सपुत।

उनले संगीत क्षेत्रमा लागेपछि व्यवसायिक रुपमा अन्य केही काम गरेनन्। संगीतबाटै उनले आफ्नो दैनिक खर्च चलाए। उनले आफ्नो विशुद्ध सांगीतिक कमाइबाट काठमाडौंमा दुई वर्ष अगाडि नयाँ घर बनाएका थिए तर हालै उनले उक्त घर बिक्री गरेको जानकरी दिएका छन् ।

उनले केही दिनअघि आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यसको जानकारी गराएका हुन्। उनले यो घर बेच्नको कारण यो घर आफ्नो ठूलो परिवारलाई सानो भएको र आफूले घर किन्दा घरको पारीपट्टि जुन हरियाली थियो र्यो देखेर किनेको र अहिले उक्त उक्त डाँडा भत्काएर पलटिङ गर्न थालेपछि उराठ लाग्न थालेको कारण बेक्नुपरेको बताएका छन् ।साथै हालसालै आएको उनको गीत “ कुरा बुझ्न पर्छ” को छायाङकन पनि आफ्नै घरको वरिपरि गरिएको बताएका छन् ।