पुजा शर्मा जो सिन्धुपाल्चोक देखि काठमाण्डौ आएर यसरी सफल नायिका बनिन् (हेर्नुहोस्)

नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट २९ बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् । उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सबैभन्दा सफल चलचित्र हो ।

१. संघर्षको कथा :

सिन्धुपाल्चोकमा जन्मेकी उनको बाल्यकाल देखि नै सङ्घर्षपूर्ण भए । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पूजा र उनकी आमा दुर्गाले जीवनमा कहिल्यै परिवारबाट माया पाएनन् । श्रीमानबाट माया पाउन नसकेका कारण उनले छोरी पूजालाई भने राम्रो भविष्य दिने सोच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौँ आइन् । पूजाले जन्मेदेखि नै बुवाको माया पाउन सकिनन् । उनलाई आमा दुर्गाले नै आमा र बुबाको माया दिइन् ।

दुर्गाले पूजालाई कहिल्यै पनि बुवाको कमी महसुस हुन दिइनन् । आमाले पूजालाई काठमाडौँमा ल्याएर राम्रो विद्यालयमा भर्ना गरिन् । छोरीलाई राम्रो भविष्य दिन निकै सङ्घर्ष गरेर पैसा कमाइन् । उनले एसएलसी पास गरेपछि पढाइसँगै एउटा एनजिओमा पनि काम गर्न थालिन् । उनले आफ्नो जीवनमा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि उनलाई अरू काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् । उच्च शिक्षा पढ्न क्यानडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् ।

२. फिल्मी करियर कसरी सुरु भयो ?

पूजा सानै देखि सुगम पोखरेलको फ्यान थिइन् । पछि उनै सुगमलाई भेटेपछि अभिनय तर्फ उनको पहिलो पाइला अघि बढाइन् । तर त्यतीबेला उनलाई आफैले गरेको अभिनय भने त्यति मन पर्दैनथ्यो । ‘म्युजिक भिडियोमा समेत काम गर्न लागेकी उनी केही समय पत्रकारितामा पनि लागिन् ।’ त्यतीबेला उनलाई थ्री लभर्स चलचित्रमा काम गर्ने अफर आयो । उनले चलचित्रमा काम गरिन् तर कसैले उनलाई नोटिस गरेनन् । ‘उनले आफूलाई सुनाए अनुसारको कथामा अभिनय गरेको दृश्य नदेखेपछि उनलाई फिल्म क्षेत्रबाट नै मन भाँचियो ।’ तर अन्तत फिल्म ‘प्रेम गीत’ बाट उनी एकाएक चम्किइन् ।

३. पारिश्रमिक कति छ ।

पारिश्रमिक यति नै लिन्छु भनेर उनले भनेकी छैनन् । तर पछिल्लो समय चलचित्र ‘पोइ पर्यो काले’ मा उनले २० लाख रुपैयाँमा अनुबन्धित भएको खबरले केही समय चलचित्र क्षेत्र ततायो । उनी भएर सर्वाधिक मंहगी नायिकाको सुचीमा परेकी हुन् । उक्त फिल्ममा नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएका थिए ।

४. अभिनेत्री पुजा शर्माको स्टारडम कति छ ?

उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् त ? यि प्रश्नको उत्तर खोज्न खासै गाह्रो पर्दैन । तर, यी अभिनेत्रीले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् । चलचित्र पोइ पर्‍यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएकी भएपछी उनको चर्चा झनै चुलियो

 

५. बिबादित बनिन् पुजा :

नायिका पूजा शर्मालाई नेपालमा कति जिल्ला छन् भनेर थाहा रहेनछ या उनको जिब्रो चिप्लियो । प्रश्नको गलत उत्तर दिएपछि कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी बन्न पुगिन । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको हो । प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए- नेपालमा यतिखेर कतिवटा प्रदेश छन् । यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए । पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् । यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको थियो ।

अन्य समाचार / निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।

फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, “फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ ।”

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताउनुभयो ।

यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । यस सम्बन्धमा युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताउनुभयो । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।

उहाँका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।” भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो । फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उहाँले थप्नुभयो, “रङगशाला सम्पन्न हुन्छ ।”फाउण्डेशनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ । यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पु¥याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताउनुभयो ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुनसकेको छैन । उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आउनु भएको थियो ।उहाँले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताउनुभयो ।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रङ्गशालामा अहिलेसम्म रु ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो ।