एडण्वरा स्कटल्याण्डको तिज २०२१ कार्यक्रम भव्य रुपमा सम्पन्न।।।

एडण्वरा, स्कटल्याण्ड। नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा प्रत्येक वर्ष मनाउदै आइरहेको हरितालिका तीज यहि गत ६ सेप्टेम्बर २०२१ सोमबार नेपाल स्कटलैण्ड एसोसिएसन उप-समिति महिला समूह द्वारा इडन्वराको नेपालीको आफ्नै हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर भवनमा हरितालिका तीज तथा महिला नृत्य प्रतियोगिता आयोजित २०२१ तिज कार्यक्रम भब्यतका साथ सम्पन्न भएको छ। कोभिडको कारण गत २ वर्ष सामूहिक रुपमा तीज मनाउन नपाएका महिलाहरुले यसपटक भने जमघटसहित तीज मनाए। तर यस वर्षका तीज कार्यक्रमहरुमा कोभिड संक्रमणको त्रास भने थियो। कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरू हलमा प्रस्थान मा टेम्प्रेचर चेक र सेनिटाइजर् को व्यवस्था रहेको थियो।

नेपाल स्कटलैण्ड एसोसिएसनका अध्यक्ष बिजय डंगोलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सुरु संस्थाका सचिव मनिष खत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रमको उद्घोषिकाको कार्यभार उप-समिति महिला समूह का सचिव महिला कमला श्रेष्ठ ले गरेकि थिइन् साथै संस्थाका सम्पूर्ण पदाधिकारी हरु, एनएसए सल्लाहकारहरु/लाइफ मेम्बरहरू/मेम्बरहरुको कार्यक्रम सञ्चालनमा उल्लेखनीय योगदान रहेको थियो। कार्यक्रममा स्कटलैण्डका बिभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरू तथा स्कटलैण्ड का बिभिन्न ठाउँबाट दिदीबहिनीहरु को उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा अतिथिहरू एनआरयनए स्कटलैण्ड राज्य समन्वय परिषदका कोषाध्यक्ष शर्मिला भण्डारी, सह-सचिव सुमी ओझा भण्डारी र फाईफ् नेपाली एसोसिएसन का अध्यक्ष राम वगाले को उपस्थिति रहेको थियो। कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गानबाट सुरु भएको थियो। कार्यक्रम अध्यक्ष डंगोलले दिप प्रज्वलन गरि कार्यक्रमको सुरुवात गरि उपस्थित सम्पूर्ण स्कटलैन्ड महानुभावहरू लाई हरितालिका तीज २०२१ को शुभकामना सहित स्वागत र धन्यवाद मन्तब्य व्यक्त गरेका थिए।

नृत्य जज् हरू हरू क्रमस: गुरू चरण प्रधान, चेत सुनुवार, सोना केसि रहेका थिए। नृत्य प्रतियोगितामा सहभागीहरू: शर्मिली लामा, कृतिका गुरुङ बुढाथोकी, सारिका ओझा र सलिना भट्टराई, नेपाली तिजको गितमा एकल नृत्य प्रस्तुत गरेका थिए।
उक्त नृत्य प्रतियोगितामा जज् हरू गुरू चरण प्रधान, चेत सुनुवार, र सोनी केसी द्वारा प्रतिस्पर्धीहरूको नाचको प्रस्तुति, पहिरन, भावको आधारमा कृतिका गुरुङ बुढाथोकीलाई प्रथम पुरस्कार ताज सहित £५० नगद पुरस्कार रत्ना केसी द्वारा प्रदान गरेका थिए भने क्रमस: सुमी ओझा भण्डारी, कमला श्रेष्ठ द्वारा सबै प्रतिस्पर्धिहरू लाई ताज पहिराई दिएका थिए।
साथै फाइफ् बाट सुमी ओझा भण्डारीको सामुहिक कलाकारहरूद्वारा तिजको गित प्रस्तुत गरेका थिए।

कार्यक्रममा राफलको आकर्षक पुरस्कारहरु, तीजको दर र डिजेमा अपरान्ह देखि राती अबेर सम्म सबैले तीज गीतमा छमछमी नाचेर भरपुर मनोरन्जन गरे । राफलमा लक्ष्मी देवकोटा, रिता कार्की द्वारा संलालन गरेका थिए।
यस कार्यक्रममा दिदीबहिनीहरू लाई तिजको दर खुवाउने र अन्य रूपमा सहयोग पुर्‍याउने प्रायोजकहरू हिमालयन सेन्टर, प्यासेज् टु इन्डिया, खुकुरी रेष्टुरेण्ट, गोर्खा क्याफे, गोर्खा रेष्टुरेण्ट पेनिक्युक्, मम नेपाली किचेन्, एभरेष्ट रेष्टुरेण्ट, बे-लिफ् रेष्टुरेण्ट र एनआरएनए स्कटलैण्डका अध्यक्ष काशीराम भन्डारी, एनआरएनए स्कटलैण्डका प्रमुख संरक्षक भोला खनाल, प्रबेस के सी, गोर्खा बार एण्ड रेष्टुरेण्ट मसल्बरा, रोएल गोर्खा, महिला सदस्य निर्मला थापा मगर, मनिष खत्री, ग्ल्यास्गो समूहका साथै कार्यक्रमका लागि स्न्याक उपलब्ध गराउन हने नमस्ते काठमाडौं रेष्टुरेण्ट, श्रीजना कंडेल लाइ नेपाल स्कटलैण्ड एसोसिएसन/महिला समूह/नेपाली कक्षा/स्पोर्ट्स क्लब परिवारका तर्फबाट सम्पुर्ण दात्री महानुभावहरू लाई तथा कार्यक्रम सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष रुममा सहयोग गर्ने हुने टिकाराम खराल, केसी भाई, गोपाल सापकोटा लगायत सम्पूर्ण स्वयंसेवक साथीहरू लाई नेपाल स्कटलैण्ड एसोसिएसन/महिला समूह परिवार धन्यबाद तथा आभार व्यक्त गरेका थिए।

साथै आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी तथा अन्य आगन्तुक दर्शकहरूद्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्।
प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा र बिश्वसामु आफ्नो पहिचानले सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।

कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि तथा सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका अध्यक्ष डंगोल बताउँछन् साथै सम्पूर्ण उप-समिति महिला समूहका पदाधिकारीहरू:रत्ना केसी (अध्यक्ष), सृजना अर्याल (उपाध्यक्ष), कमला श्रेष्ठ (सचिव), माया खराल (कोषाध्यक्ष) र सदस्यहरू जुना भण्डारी, तुलसी भट्टराई, प्रतिमा केसी रमा केसी, मंगला बस्नेत, रिता कार्की, अञ्जली चापागाइँ, लक्ष्मी देवकोटा, कबिता चन्द, निर्मला थापा मगर, सिता थापा मगर लाई सफल कार्यक्रमको धेरै धेरै धन्यवाद दिएका थिए।
धन्यबाद ।।।