नेपाली काङ्ग्रेस १ न प्रदेश सभा छेत्र ५( क) सभापतीमा जिबन राईको उम्मेद्वारी

भाद्र २४ ,गौरादह /
नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश न १ अन्तरगतको प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा सामाजिक परोपकारी उर्जावान युवा जिवन राईले आफ्नो उम्मेदवारीको घोषणा गरेका छ्न । १३ औं महाधिबेशनमा नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि समेत रहेका राई उध्योग बाणिज्य संघ गौरादहको निबर्तमान अध्यक्ष समेत हुन ।

लायन्स क्लब तथा अन्य महत्त्वपूर्ण परोपकारी सस्थाहरुमा आवद्ध राई गौरादहका एक प्रतिष्ठित निर्माण कम्पनी प्रजिना कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर हुन ।

आफ्नो ब्यबसाय बाट कमाएको मुनाफा बाट विभिन्न समयमा गरिब दुखी हरुलाई आइपरेको दु:खमा आफ्नो ल्याकतले भ्याएसम्मको आर्थिक सहयोग तथा अत्यावश्यक खाध्यान्न र लत्ताकपडा बितरण गरेर समाजमा रहेका बिरामी , असक्त, गरिब बिपन्न बर्ग तथा निमुखा बर्गको ढुकढुकी बन्न सफल राई समाजसेवी पनि हुन ।

समाज सेवाको अग्रणी भुमिकामा रहेका राईले नेपाली काङ्ग्रेसको १४औं महाधिबेशनमा प्रदेश न १ अन्तरगत प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा उम्मेदवारी दिएका छ्न ।