सनिसार र हातौका पौजाले हिट भएपछी गायक मिडियामा, दुखका दिन सम्झेर भाबुक भए, गीत नचल्दाका दिनले तनाबमा थिए हेर्नुहोस

काठमाडौं । पछिल्लो समयका लोकप्रिय एवम् चर्चित गायक हुन् कुशल बेलबासे । बजारमा थोरै गीत संगीत लिएर आउने तर जीवन्त गीतसंगीत दर्शकलाई पस्किने गायकको सुचीमा समेत पर्छन् कुशल । लकडाउन अगाडि देश विदेशका हरेक कार्यक्रममा व्यस्त हुने उनी अहिले भने लकडाउनका कारण ठप्प रहेको सांगीतीक क्षेत्रमा लाइभ दोहोरीमा व्यस्त छन् ।

बिगत २ दशकदेखि सांगीतीक क्षेत्रमा रहेका उनी अहिले पनि निरन्तर रुपमा यहि क्षेत्रमा नै छन् । हालसम्म ६ दर्जन जति गीत संगीतहरु दर्शक माझ पस्किसकेका कुशल अर्घाखाँचीकाे पाणिनीमा जन्मेका हुन् । गाउँ घरमा जन्मे हुर्केका कुशललाई गीत संगीतमा लाग्नका लागि त्यहि माटोले नै प्रेरित गर्याे ।

सानैदेखि गीत गाउने लत बसेपछि उनले गाउँघरमा हुने विभिन्न कार्यक्रम प्रतियोगिताहरुमा सहभागीता जनाउन थाले । अनि उच्च माध्यमिक शिक्षापछि गीतसंगीतमा नै केहि गर्छु भनेर काठमाडौं हानिए कुशल । कुशलले गीत संगीतको यो लामो यात्रासम्म पनि फड्को मार्न नसकेको हो कि भन्ने दर्शकलाई लागे पनि तर, उनलाई त्यो भान भने भएको छैन । उनी वर्षमा एउटा गीत निकाल्छन् तर ती गीत अजर–अमर हुन्छन् । त्यसैले पनि आफू सन्तुष्ट रहेकाे उनी बताउँछन् । हेर्नुहोस –