म्यूजिक भिडियोबाट कमाए पल शाहले डेढ करोड

काठमाडौँ । नायक पल शाह पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । करिब २ हजार म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भिडियोमा काम गर्ने र अन्य समयमा भने फिल्मलाई नै समय दिने बताए ।

धमलाको हमलामा विशेष कुराकानी गर्दै पलले लकडाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले कमाउन सफल भएको रहस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा किनीसकेको छु । अब बाबु आमा र बहिनीका लागि काठमाडौँमा ल्याउनका लागि पनि आँफु अहोरात्र खटिरहेको र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले ।

राजेश हमाल, आर्यन सिग्देल, प्रदिप खड्का, अनमोल केसी जस्ता नायकलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खोलेका छन् ।

हेर्नुहोस् भिडियो :