सुन पसलका सञ्चालक गौतम १२ करोड ठगेर फरार (भिडियोसहित)

उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनेर चिनिने गोपाल गौतम १२ करोड ठगेर फरार भएका छन् । उर्लाबारी–१ का पदम भण्डारीको १५ लाखसहित ३ सय भन्दा बढीको १२ करोड रुपैयाँ ठगेर फरार भएका हुन् ।

सय कडा २ रुपैयाँको ब्याज दिन्छु भनेर प्रलोभनमा पारेर आफ्नो दुखले कमाएको १५ लाख रुपैयाँ लिएर गौतम भागेको पीडित पदम भण्डारी जानकारी दिनुभयो । उहाँले आफुसहित आमा इन्द्रमाया भण्डारीको बृद्धा भत्ता वापतको १ लाख ५० हजार र बहिनी मञ्जु कार्कीको २ लाख ३२ हजार ठगेको बताउनुभयो । ९ महिनादेखि सञ्चालक गौतम सम्पर्क बिहीन बनेको र पटक पटक न्यायका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि न्याय नपाएको उहाँले बताउनुभयो ।