आज कति छ सुनको बजार भाउ हेर्नुहोस ?

काठमाडौँ : कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य सामान्य बढेको छ। बुधबार तोलामा १ सय रूपैयाँ बढेर सुन ९४ हजार २ सय रूपैयाँमा कारोबार हुँदा चाँदी ५ रुपैयाँले बढेर १३०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँ वृद्धि भइ ९३ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य ५ रुपैयाँ बढ्दा प्रतितोला १ हजार ३ सय ५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुन ९४ हजार १ सय रुपैयाँ, तेजाबी सुन ९३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।