सीता दाहाल प्रचण्डकी पत्नी को स्वास्थ्यमा पुन: समस्या देखिए पछि अस्पताल भर्ना !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुन: समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । प्रचण्डकी निजी सचिव एवम् पुत्री ग‌ंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने उनले खुलाएकी छैनन् ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो ।

प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित छिन ।

यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।