साप्ताहिक राशिफलः कुन कुन राशिको शुभ ?हेर्नुहोस

मेष साताको सुरुमा घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ।

वृष यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम कृषिबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति बढ्नेछ । मित्रता टुट्ने एवम स्त्री पक्षसँग वैरभाव रहनेछ।

मिथुन बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ।

कर्कट नयाँ काममा योजना बन्नेछ। साथीभाइसँग भेटघाट एवम रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठुलाबडासँग सम्बन्ध बढ्नेछ।

सिंह यात्रामा खर्च हुनेछ । सामान हराउन सक्ने एवम आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ। अध्ययन कमजोर हुन सक्ने एवम पेटको समस्याले दुःख दिनेछ।

कन्या आम्दानीले साथ दिनेछ । पशुचौपाया तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम अनावश्यक काममा खर्च बढ्नेछ।

तुला राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ। रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम दाजुभाईको स्वास्थ्यमा समस्या आउन सक्नेछ।

वृश्चिक धार्मिक एवम सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम नाक, कान, घाँटीको समस्या हुनेछ।

धनु स्वास्थ्यमा बाधा एवम काममा रोकावट हुनेछ। अपजसको भय एवम मित्रता टुट्न सक्नेछ। साताको मध्यमा भने स्थान परिवर्तन एवम यात्राको सुख मिल्नेछ।

मकर प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम गुप्त शत्रुको बाधा हुनेछ।

कुम्भ खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम नयाँ व्यवसायमा लगानी बढ्नेछ।

मीन विद्याध्ययनमा प्रगति एवम वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम काममा प्रगति मिल्नेछ।