अचानक साम्राज्ञी भाबुक हुदै मिडियामा – यी ३ फिल्ममा यतिसम्मको दु’र्व्यवहार गरेछन, सबैको भण्डाफोर गरिन (भिडियो सहित)

काठमाडौँ | नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् ।
उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो ।

साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस विषयमा ‘ड्रिम्स’ डेब्यु नायिका भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’