यो देशमा तिम्रो रगत चल्यो श्रम चल्यो , ट्याक्स चल्यो, जनगणनामा संख्या चल्यो , तिमीले बनाएको कपडा चल्यो, जुत्ता चल्यो, भाँडा चल्यो, तिमीले खेतबारीमा पसिना रोपेर उमारेको अन्न चल्यो , सबैसबै चल्यो तर तिमीले दिएको स्वच्छ पानी र चोखो प्रेम चलेन !यस्तो देशपनि के देश ? – ज्वाला संग्रौला

काठमाडौं- नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ।कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ।

तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि नदीमा बगेको छ। जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु परेको छ । दलित भएकै कारण उनको ज्यान गयो। कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा ह,,त्या भएको थियो।

नवराजसंगै उनका दुई साथीको ह* त्या भएको थियो। यहि बर्बर र लाजमर्दो ह* त्याको कारण सामाजिक संजालमा यतिबेला चर्को बिरोध भैरहेको छ। बिभिन्न सेलिब्रेटीले पनि यसको बिरोध गर्दै आफ्नो अभिव्यक्ति दिएका छन्। यसैमा सामाजिक अभियन्ता लेखिका ज्वाला संग्रौलाले पनि बिरोध जनाएकी छन् । उनि आफ्नो फेसबुक मा लेख्छिन

प्रिय भाई नवराज,
तिम्रो मृ,त्युपश्चात मसँग परिचित भएर अब सम्झनामा मात्र रहेका तिम्रो न्यायको लागि मैले जे लेखेपनि नदेख्ने र जे बोलेपनि नसुन्ने ठाउँमा पुगिसकेका छौ तथापी यो पापी र बिभेदकारी समाजले भने पक्कै सुन्नेछ र सुन्नै पर्छ ! तिम्रो मृ,त्युको कारणमा आज मेरै जात दोषी छ ! तसर्थ मैले अब यहि जातसँग एउटा भयंकर र अन्तिम लडाईँ लड्नु पर्ने भएको छ!

कलिलो र रहरलाग्दो तस्वीरमा मात्र उभिेएर मुस्कुराईरहेका प्रिय भाई , यो देशमा तिम्रो रगत चल्यो श्रम चल्यो , ट्याक्स चल्यो, जनगणनामा संख्या चल्यो , तिमीले बनाएको कपडा चल्यो, जुत्ता चल्यो, भाँडा चल्यो, तिमीले खेतबारीमा पसिना रोपेर उमारेको अन्न चल्यो , सबैसबै चल्यो तर तिमीले दिएको स्वच्छ पानी र चोखो प्रेम चलेन !यस्तो देशपनि के देश ?

कति हारगुहार गर्यौ होला मलाई नमार भनेर , कति रोयौ होला, होला, करायौ होला, चिच्याचौ होला! आफ्नो जन्मदिने आमाबुबा, साथीभाई, आफ्नो प्रेम , भबिस्यको सपना , आफ्नो गाउँ, देश र सिंगो संसारै केहि मिनेटमा छोड्दैछु भन्ने कहालीलाग्दो पीडामा डुबेको कलिलो मुटु अन्तिमपटक आमालाई सम्झिएर भेरी नदीको बगरमा कसरी खस्यो होला प्रिय भाई , सम्हालिएर र भरिएको गला दबाएर म के गरि कल्पना गरौ ?

मान्छे भएर जन्मिएकोमा आज आफूलाई संसारकै सबैभन्दा नीच प्राणी घोषित गर्दै तिम्रो बाँच्न पाउने अधिकार खोस्ने ती समाजमा उपल्लो जाति भनिएका मुजरिमहरुलाई चौपालमा ल्याएर शरिरको पत्रपत्र छाला काढेर सार्बजनिक रुपमा फाँसीको सजाय दिन म यो देशको सरकारसँग बिशेष माग गर्दछु! जातिय बिभेद र बर्गिय समानताको लागि १० बर्ष जंगल बसेका प्रचण्ड र बाबुरामले यदि अबपनि संबिधान संसोधन गरि जातिय पर्खालमा ठोकिठोकि मार्ने अपराधीलाई फाँसीको सजाय दिनुपर्छ भनेर बोल्ने हिम्मत गरेनन् भने अब यो देशका तमाम शासकहरुको एक एक गरि टाउकाको मुल्य जनताले हिम्मतसाथ तोक्नु पर्छ ! यो त अति भयो सरकार ! यो त सहनै नसकिने भयो!
#JusticeforNabarajBk
#StopRacialDescrimination !