दलित भएकै कारण प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद ‘कुरी – कुरी समाज, ‘कुरी कुरी कानुन’ – प्रकाश सपुत

काठमाडौं- नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ।कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ।

तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि नदीमा बगेको छ। जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु परेको छ । दलित भएकै कारण उनको ज्यान गयो। कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा हत्या भएको थियो।

नवराजसंगै उनका दुई साथीको ह* त्या भएको थियो। यहि बर्बर र लाजमर्दो ह* त्याको कारण सामाजिक संजालमा यतिबेला चर्को बिरोध भैरहेको छ। बिभिन्न सेलिब्रेटीले पनि यसको बिरोध गर्दै आफ्नो अभिव्यक्ति दिएका छन्। यसैमा चर्चित लोक गायक प्रकाश शपुतले पनि बिरोध जनाएका छन् । सपूतले यो जन्ममा आफु मानिस भएर बाच्न पाउने कि नपाउने भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन् ।
सरकार !
खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर ! तर रुकुम पुगेर रोकिए ! सरकार !

त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ? जातिए विभेदको ! वर्गिय विभेदको ! सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भए भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ? देशभक्त मानिन्छु कि मानिन्न ? सरकार !

उत्तर दिईहाल्नु भयो भने, यसको उत्तर पनि दिनु होला । म एक स्वाभिमानी नेपाली , यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?

(नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।
हार्दिक श्रद्धांजलि ????

दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन ! “