प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । – सिताराम कट्टेल (धुर्मुस)

नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ।कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ।

तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि नदीमा बगेको छ। जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु परेको छ । दलित भएकै कारण उनको ज्यान गयो। कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा हत्या भएको थियो।

नवराजसंगै उनका दुई साथीको ह* त्या भएको थियो। यहि बर्बर र लाजमर्दो ह* त्याको कारण सामाजिक संजालमा यतिबेला चर्को बिरोध भैरहेको छ। बिभिन्न सेलिब्रेटीले पनि यसको बिरोध गर्दै आफ्नो अभिव्यक्ति दिएका छन्। यसैमा चर्चित लोक गायक प्रकाश शपुतले पनि बिरोध जनाएका छन् । त्यस्तै सिताराम कट्टेल (धुर्मुस) ले पनि बिरोध जनाएका छन् !

उनि लेख्छन :
प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली ।
जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठाेर प्रयोग गरियोस् l घटनाको सत्य तथ्य छानबिन होस् ll