एउटा छोरी मान्छे, एउटी चेली, गुरुङको छोरी, नेपालकी छोरी आज जुन उचाईमा पुग्दै हुनुन्छ हामी सबैले सिख्न जरुरी छ !

स्कटनेपाल,

बेलायतमा लामो समय देखी बस्दै आउनु भएको र समाज सेवामा अग्रसर रहेकी पुनम गुरुङ आफ्नो फेसबुकमा लेख्नु हुन्छ :

मेरा अग्रज – समाजका लब्धप्रतिष्ठित महानुभावहरु,बिभिन्न संघसंस्थाका अध्यक्षज्यूहरु तथा पदाधिकारीज्यूहरु, पत्रकार मित्रहरु, एन आर एन यूकेका पंजिकृत सदस्यज्यूहरु, गैर आवासिय आन्दोलनको यो करिब १६ बर्ष आफैमा गरिमामय रह्यो । उसैमा पनि बेलायत जहांबाट संगठितरुपमा यो संस्थाको प्रादुर्भाब भयो – हामिले यसको गरिमालाई बुझेपनि नबुझे पनि ईतिहांसले हामिलाई सदैब शुष्मरुपमा नियाली रहनेछ। हाम्रा कतिपय मागहरु मात्रात्मकरुपमा सम्बोधन भए पनि पूर्णता पाउन अझै बांकी नै छ । अग्रजहरुको अथक प्रयासबाट संबिधानत: हाम्रो केही हक अधिकार शुनिश्चित भएता पनि कानूनी मान्यताको पर्खाईमै छौ । ठूलो संख्यामा रहेको गोर्खाजको समानताको लडाई बल्ल प्रतिबेदनको रुपमा बार्ताको टेबलमा थन्किएको छ । यसले मूर्तरुप लिन बांकी नै छ । यि तमाम थाती रहेका मुद्दाहरुलाई नेपाल सरकार संग पारस्पारिक समझदारी र सहकार्यमा समाधान तर्फ अघी बढाउंदै यहांका यावत घरेलु मुद्दाहरुमा पहलकदमी गर्नु नै छ ।

हामीले चाहेका थियौ, सबै सरोकारहरुमा साझा धारणा निर्माण होस । हाम्रो सहकार्य र सहअस्तित्वले नै सबैको हित गर्नेछ । सकभर सहमतिमै नयां नेतृत्व चयन होस भन्ने चाह हुंदा हुंदै पनि यस पटक यो सम्भव देखिएन । चुनाव आउंछ जान्छ । हामी यहि समाजमा रहनु पर्छ – मुद्दा अधिकांश साझा छन । आगामी गैर आवासीय आन्दोलनको राजमार्ग सार्बजनिक नै हो । तिक्तता र दुराभावले समाज रुपान्तरण सम्भव छैन । म आफै आगामि सेप्टम्बर १४ मा हुन गै रहेको नेतृत्वमा अध्यक्षको प्रत्यासीको रुपमा यहांहरु माझ आफुलाई प्रस्तुत गरेकी छु । म र म संग आबद्ध मेरा साथीहरुलाई सभ्य, पारदर्शी, सम्मानजनक, आपसी भाइचार र सामाजिक सन्तुलनलाई खलल नहुने गरी एक परिपक्व चुनावी प्रचार शैली अपनाउन अनुरोध गर्दछु । हामि बिचमा कुनै तिक्तता सांध्नु जरुरी छैन । हिजै पनि मिलेरै काम गरेका हौ भने भोली पनि यो संभव छ । मेरो ब्यक्तिगत स्वभाव र हालसम्मको जिवनशैली बुझ्नु हुने जस कसैले पनि म बाट यहि नै अपेक्षा गरेको हुनु पर्दछ । सामाजिक रुपान्तरणका बाहक बन्न अग्रसर हामी जसकसैले पनि जिम्मेवारी बोध गर्दै यो समाजको संरचना र आयामहरुलाई हृदयंगमगरी स्वच्छ, पारदर्शी, सभ्य र भद्र प्रचारशैली तथा चुनावी अभियान संचालनको लागी म मेरा समाबेशि टीमलाई अपिल गर्दछु र अन्य साथीहरुबाट पनि यस्तै अपेक्षा गर्दछु। दुई-दुई बर्ष संगै काम गरेको मुल नेतृत्वप्रति त्यति असहिशुष्ण म जरुरी देख्दिन। मेरा प्रतिबद्धताहरु यस अगाडी नै सार्बजनिक समारोह मार्तफत यहांहरु बिच राखी सकेको छु । यिनै जिवनका आदर्श र मान्यतालाई मार्गदर्शक सिद्धान्त मान्दै अघिबढ्ने प्रण समेत गर्दछु । यदी मेरो यी भावनाहरुसंग एकाकार हुनु हुन्छ भने नेतृत्वको लागी यहांहरुको आशिर्बादरुपी एक भोटको म हकदार रहनेछु।

यहांहरुकै,
श्रीमती पुनम गुरुङ
वर्तमान उपाध्यक्ष
तथा बर्ष २०१९-२१ अध्यक्ष पदकी उम्मेदवार