भोजपुरको पौवादुम्मामा मीरा राई अन्तराष्ट्रिय रंगशाला बन्दै

चोरलाई चौतारी र भकारी र साधुलाई सुलीको देशको रुपमा बेला बखत चर्चा उठ्ने र काम गर्नेको चर्चा मरेपछि गर्ने गरिएकोमा आलोचना गर्ने गरिए तापनि अन्तराष्ट्रिय रुपमा चर्चित अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरको पौवादुम्मा गाउँपालिकाले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने समाचार आउनु सुखद हो ।

असाधारण साहसिक सफलता प्राप्त गर्ने विस्वका दस साहसीहरुका सूचिमा समाविष्ट नेपाली चेली हुन मिरा राई जो यतिबेला अल्ट्रा म्याराथन धाविकाका रुपमा विस्व प्रसिद्ध छिन् । मिराले थुप्रै विस्व दौड प्रतियोगितामा आफूलाई अब्बल साबित गरिसकेकी छिन् । विस्व प्रसिद्ध National Geographic को Adventurers of the Year 2017 को बिजेता भएर संसारभरका सारा नेपालीहरुको शिर उचो बनाइन उन्ले ।

गाउँपालिकाले २६ रोपनी क्षेत्रफलमा रंगशाला तयार गर्ने गरी डिपिआरसमेत तयार गरिसकेको र यस्को लागि ५६ करोड खर्च लाग्ने जनाएको छ । यो रंगशाला ४ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । रंगशालामा भिआइपीसहितको १२ हजारदेखि १४ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । रंगशाला निर्माणको काम शुरु भाईसकेको र हालसम्म रंगशालाको कटिङ, फिलिङ र वालिङको काम सकिएको छ ।

रंगशालामा फिफा मापदण्डकै फुटबल मैदान बन्नेछ । रंगशालामा फुटबल, म्याराथन, एथलेटिक्स, भलिबल खेललगायत खेल आयोजना गर्न सकिनेछ ।

अल्ट्रा धाविका मीरा पौवादुम्मास्थित सानोदुम्मामा जन्मिएकी हुन् । खेलाडी मीरा राईको सम्मानसँगै जिल्लामा खेलकुदको विकास र प्रतिभाशाली खेलाडीहरुको उत्पादन गर्ने उद्धेस्यका साथ रंगशाला निर्माण गरिन लागेको हो ।

श्रोत: रामकुमार श्रेष्ठको फेसबुक