रबि लामिछानेका बारेमा बोल्दै पुन्य गौतम आक्रोशित भए , षड्यन्त्र गर्ने चलखेल यसरी भएको छ (भिडियो सहित)

चितवन। शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता (रुकु) कार्कीलाई चितवन प्रहरीले म्याद थपका लागि अदालत पेस गरेको छ ।अनुसन्धानका लागि जिल्ला अदालतले यसअघि ५ दिनको म्याद दिएको थियो । म्याद सकिएपछि अनुसन्धानका लागि थप समय लिन लामिछानेसहित तीनै जनालाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएको जानकारी दिए। यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो ।। पत्रकार रबि लामिछानेको बिषयमा पुन्य गौतमले पनि आफ्ना बिचार राखेका छन् । उनले रबि लामिछानेलाइ फसाउन सड्यन्त्र गरेको हुन सक्छ भन्दै आक्रोशित भएका छन् ।