पोखरामा रबि लामिछानेको समर्थनमा हजारौं जनता भेला हुदै यस्तो सम्म भने (भिडियो)

टिका प्रसाद अमागाई पोखरा,

संचारकर्मी रबि लामिछानेलाई थप पाँच दिन हिरासदमा राख्ने अदालतको आदेशपछि उनका समर्थकहरु झन आक्रोशित बनेका छन् । चितवन लगायत देशै भरका मुख्य सहरहरुमा रबिको रिहाईका लागी मानिसहरु भेला भएर कार्यक्रम तथा नारा जुलुस गरिरहेका छन् । पोखरामा रबि लामिछानेको समर्थनमा हजारौं जनता भेला हुन्छन् र रबि लामिछानेको रिहाईको लागी अनुरोध गर्छन् । बिहीबार पनि पोखराको पृथ्वीचोकमा कार्यक्रम भयो ।

हजारौं हजारको भिडमा एउटा आवाज आउंछ, रबि लामिछानेलाई हिरासतमै इन्काउण्टर हुन्छ । यो आवाजले सबैको ध्यान खिच्छ । बोल्ने वक्ताले भन्दै थिए केपी ओली र प्रचण्ड देशमा नभएको बेला पुडासैनी मारिए, रबि समातिए । अब संका छ की रबिलाई हिरासतमै इन्काउन्टर गर्छन् । युद्ध कालमा गरिने इन्काउण्टर जस्तै हुन सक्ने भन्दै त्यसबारे सचेत हुन आवश्यक रहेको औलाए । हजारौंको भिड ¥यालि बनाउदै पोखराका चोक बजार घुमेरका थिए । रबि लामिछाने हाई हाई, जिन्दाबाद भन्दै नालायक सरकारको राजिनामा समेत मागेका थिए ।