तुलसी क्षेत्रीलाई “नामर्द पोइ ” परे पछि तीजमा चिन्ता

पोखरा- नेपालीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् ।यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित “नामर्द पोइ ” सार्बजनिक भएको छ ।
एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषयबस्तुलाई समेटिएर बनाइएको क्षेत्रीको तीज गीत नामर्द पोइमा तुलसी क्षेत्रीको स्वर रहेको छ भने उत्त गीतलाई बहुचर्चित सङीतकार बि.बि अनुरागिले सङीत तथा एरेन्ज गरेका हुन । गीतको शब्द गोकुल सापकोटाले लेखेका छन् । गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भन्डारीको दम्दार अभिनय देख्न सकिन्छ ।
उत्त गीतलाई गनेश सापकोटाको छायांकन, सुबास अम्गाईको सम्पादन गरेको गीतलाई युवराज भन्डारीले निर्देशन गरेका हुन ।
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस