सर्पं झै घिस्रिएर जीवन काट्दै श्याम, दलित भएकै कारण यस्तो ? (भिडियो)

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं. ४ चौताराका यी २२ बर्र्षिय श्याम नेपाली जन्मजात अपाङ्ग हुन् । दलित समुदायको बाहुल्य बस्ती रहेको चौतारा जहाँ शिबले जम्मा २ कक्षा सम्ममात्र पढ्न पाए ।
जन्मदा नै अपाङ्गता भएर जन्मिएका श्याम सानो उमेरमा त कतै पनि हिडडुल नै गर्न सकेनन् । दुबै खुट्टा जोडिएका थिए । उनका परिवारले धेरै ठाउँमा उपचार गर्न लगे तर उनी उभिएर हिड्न भने सकेनन् । हिड्नै नसक्ने छोरालाई कम्सेकम घिस्रिएर हिड्न सक्ने बनाउन उनका परिवार सफल भए । आज यीनै श्याम घिस्रिएर हिड्छन् ।
घर नजिकै चौतारी छ । यो चौतारीमा मानिसहरुको बाक्लो आवत जावत हुन्छ । मानिसहरुको आवतजात हुने भएर होला श्याम धेरैजस्तो समय त्यही चौतारीमा भेटिन्छन् । कतिपयले उनको शारिरिक अवस्था देखेर दयामाया गर्छन् केही पैसा पनि दिन्छन् तर कतिपयले देखे नदेखे जस्तो गर्छन् । तलको भिडियो हेर्नुहोस्