अत्यन्तै मिठो तीज गीत शान्ति श्री परियारको स्वरमा “कम्मरै ढल्कायो” सार्बजनिक

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। पछिलो समय अत्यन्तै चर्चामा पुग्न सफल लोक दोहोरि गायीका शान्ति श्री परियारका धेरै गीतहरु बजारमा सार्बजनिक हुने क्रम बढेको छ l बोल माया, गलबन्दी लगायत थुप्रै गीत करोड क्लबमा पुग्न सफल भएका छन l हरितालिका तीज संगै विभिन्न तीज गीत आउने क्रम संगै भर्खरै मात्रै तीज गीत ” कम्मरै ढल्कायो ” सार्बजनिक भएको छ l

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मनु सुनारको प्रस्तुतिमा मनु सुनार , शान्ति श्री परियार, रबिन सुनार को आवाज रहेको छ भने बिशाल परियारको शब्द र रुरु सागर सेन्चुरीको लय रहेको छ l

अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा दृश्य निर्माण गरेको भिडियोलाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् बिकाश , रेजिना, शंकर, रंजिना को अभिनय रहेको भिडियोमा सगुन शर्माको हेयर तथा मेकअप् रहेको छ l बिनोद बजुरलिको एरेन्ज रहेको गीत मालाश्री स्टुडियोमा रेकर्डिङ्ग गरिएको छ हेरौ सार्बजनिक तीज गीत ” कम्मरै ढल्कायो “