आरक्षणको बिरोध गर्नेहरु कान खुलेर सुन। संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ ‘आरक्षणको बिरोध गर्नेहरु कान खुलेर सुन ।’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

हामीलाई प्रतिस्पर्धाको लागि डराउछ्न भन्नेहरु हिम्मत छ भने तिमिहरुले एकपटक हामी पुर्खौ देखि हामीले बिताएको जिन्दगी जियर हेर ..। हामिले भोगेको जस्तो अपमान र तिरस्कार सहेर हेर अनि हरेक क्षेत्रमा हामी जस्तै अधिकार र पहुचबाट बन्चित भएर बाच । सत्ता , शासन , नीति , नियम , सुख , भोक , अधिकार सबै तिमिहरुका लागि ?

अरे वा! आरक्षणबाट डराएका तिमिहरु पौ हौ हामीहरु होईन , जसलाई पुर्खौ देखि दलित , सानोजात , अछुत बनाएर राखी दिए । जसको आत्मसंमान, अधिकार सबैबाट बन्चित गराए । उनिहरुसंग आरक्षणको बिरोध गर्छौ ?

मेरो बुवा जस्तो आरनमा ३ बजे रातीबाट घन ठटाएर उज्यालो भए सि खेत जोत्न तिम्रा वाउ आउन सक्छन् , चिल्ला कार र चिसो ac को हावा छोडी मेसिनमा १८ घन्टा काम गर्न आउन सक्छन् ? मेरो आमा जस्तो गिटि , बालुवा कुटि , सडकमा ठेलामा तरकारी बेच्न र कुचो लिएर सडक सफा गर्न तिम्रा आमा महलमा काम गर्ने सुसारे छोडी आउन सक्छिन ?

अनि बाउलाइ आरनमा, मेशिनमा कपडा सिलाउदा , जुत्ता बनाउदा घन ठटाउदा , जुता बनाउदा मेरो बाउलाइ सहयोग गरि सरकारी स्कुलमा फाटेको जुत्ता र पुरानो कपडामा तिम्रो छोरालाई पठाउन सक्छौ ? के हिम्मत छ महङ्गो बोर्डिङ स्कुल र कलेजबाट छुटाएर मेरो छोराको दैनिकी र जिन्दगी जस्तै बिताउने ?

हिम्मत छ भने आउ हामीले बिताएको जिन्दगी , मेरो छोराछोरीले जसरी पढेका छन् त्यही स्कुल र त्यही बाताबरणमा तिम्रा छोराछोरी पढाउ आउ एकपटक हाम्रो जिन्दगी जियर हेर हामीलाई आरक्षण चाहिदैन आउ प्रतिस्पर्धा गर्न अनि हेरौ हाम्रा छोरा र तिम्रा छोराको रिजल्ट कति आउँछ छ हिम्मत ??
अह छैन त्यही भएर त तिमिहरु डराउछौ प्रतिस्पर्धामा हामी होईन । त्यसैले आरक्षण बिरोध गर्ने कसैलाई अधिकार छैन । जबसम्म महल र झुपडी , शिक्षा नीति पैसा र पहुचको भरमा बिभाजन हुन्छ । जबसम्म धनी र पहुच हुनेका छोराछोरी मात्र इन्जिनियर , डाक्टर , पाइलट हुन्छन् ।

पैसा नहुनेहरु जती क्षमता भए पनि हलो जोत्न र खाडि मुलुक आफ्ना सर्टिफिकेट दराजमा थन्काएर जान पर्ने बाध्यता बनाइन्छ तबसम्म आरक्षण हामीलाई चाहिन्छ ।

अन्त्यमा लोकसेवा किन र कसका लागि ? जनताले भोट दिएर बिश्वास गरेका सांसद , नेता , मन्त्री कसका लागि ? दलित , जनजाती , मधेसी , मुस्लिम जुन पछाडी पारिएका छन् उनिहरुको अधिकारको लागि बिकाशको लागि होईन सत्तामा पुगेको र जनतालाई आसा देखाएको ?? आज यिनै भोट दिएर जिताउने जनताले खुलेलाम राजीनामा र पुत्ला जलाउदै छन् …..!!

समाबेशी र समानुपातिक सिद्धान्त र आरक्षणलाई हिजो पाटिको मुलमन्त्र बनाइयो आज यहि कार्यन्वयनको लागि जनताले आन्दोलन गर्नु पर्ने ??
कहिले सम्म ???

( सरु सुनार )