गायक चन्द्र शर्मा र गायिका श्रीदेबी देबकोटाको ‘ओली बाको रेल’ कहिले आउछ भन्दै (भिडियो सहित)

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। कुन कलकारले कत्ति छिटो सांगीतिक बजारमा आफ्नो सामग्री ल्याउने र कस्को गीतको भ्युज बढी जाने भन्ने कुरामा होडबाजी चलिरहेको आज भोली देखा परेको छ । त्यस्तै अन्नपुर्ण भिजनको प्रस्तुतीमा पनि चर्चित गायिका श्रीदेबी देबकोटाको तीज बिशेष गीत “ओली बाको रेल” को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा उनको ढाडे बिरालो लगायत धेरै तिज गित हरु बजारमा एकदमै चर्चा आए र दर्शक हरुले निकैनै मन पराउनु भएको थियो ।

त्यस्तै अहिले आएको गीत अन्य गीत भन्दा अलि पृथक र यथार्थपरक पनि रहेको छ । यस गीतमा खेम सेन्चुरीको शब्द, संगीत रहेको छ भने चन्द्र शर्मा र श्रीदेबी देबकोटाको स्वर रहेको छ । चर्चित निर्देशक शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा राजेन्द्र नेपाली (लट्टे) उमेश राई (फुलन्देको आमा) को अभिनय हेर्न पाईनछ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

हेरौ उक्त तिज कोसेली गायिका श्रीदेबी देबकोटाको तीज बिशेष गीत “ओली बाको रेल” ।