सलिना नेपाली र प्रकाश पराजुलीको तिज कोसेली ‘रुपै झलल’ बजारमा

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायिका सलिना नेपालीको तिज गित ‘रुपै झलल’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सलिनाले तिज कोसेलीलाई निरन्तरता दिएकि छिन् । स्वर्गिय गायिका निरा छन्त्याल ‘साने’को सम्झनामा उनले गित सार्वजनिक गरेकि हुन् । लोकप्रिय गायक प्रकाश पराजुली र गायिका सलिना नेपालीको आवाजमा सजिएको गितमा गायिका पराजुलीकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ ।

निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा विजय पुन,सलिना नेपाली र शेखर धर्ति मगरको अभिनयसंगै डान्सिङ्ग फिचरिङ्ग रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । गित Salina Nepali अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: