टिकटकका कारण १२ वर्ष अगाडिको तिज गीत ‘ओई सुन्तली’ सर्वाधिक चर्चामा

साउन लागेसँगै तीजका गीत सार्वजनिक हुने क्रम बढेको छ । युट्युबमा सार्वजनिक दर्जनौं तीज गीतमध्ये केहीले राम्रो चर्चा समेत पाइरहेका छन् । यस्तोमा टिकटकमा पुरानो तीज गीत समेत भाइरल बनेको छ ।

बेलैमाथि घर आउँछन्, बाहिर पनि जाँदैनन्
मेरा त बुढाले रक्सी खाँदैनन्

उक्त लाइनमा हजारौंले टिकटक भिडियो बनाएका छन् ।

यो आजभन्दा झण्डै १२ वर्ष अगाडिको ‘ओई सुन्तली’ शीर्षकको  तीज गीत हो ।

गायिकाद्वय जमुना सनम र रीता केसीसँगै गायक कुशल बेल्बासेको स्वर रहेको गीत म्युजिक नेपालको युट्युबमा ९ वर्षअघि सार्वजनिक छ । गीतका शब्दहरू पनि गायिका जमुना सनमकै हुन् ।

गीत टिकटकमा हिट भएसँगै युट्युबमा भिडियो खोजेर हेर्ने दर्शकहरू समेत बढिरहेका छन् । जसका कारण गीतको युट्युब भ्युज पनि बढिरहेको छ ।

युट्युब कमेन्टमा आएका थुप्रै प्रतिक्रियामा गीतको प्रशंसा गरिएको छ ।