रेजिना परियार र ज्ञानेन्द्र शाहीको आवाजमा ‘तिम्रै माया हो कति गहिरो’ सार्वजनिक

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैबिच लोकप्रिय गायक एवम् सर्जक ज्ञानेन्द्र शाहीको नयाँ दोहोरी गित ‘तिम्रै माया हो कति गहिरो” डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका रेजिना परियार र गायक ज्ञानेन्द्र शाहीको सुमधुर स्वरमा सजिएको गितमा गायक एवम् सर्जक ज्ञानेन्द्र शाहीकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा आकाश नेपालीले संगित संयोजन गरेका छन् । माया गर्ने प्रेमिकल जोडिहरुमा मायाप्रेमको भावलाई गितमा चित्रण गरिएको छ ।

गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

मौसम हिमालीको निर्देशन एवम् कोरियोग्राफीमा निर्माण गरिएको गितको म्युजिक भिडियोमा कमला घिमिरे र कमल सिंहको अभिनयसंगै डान्सिङ्ग फिचरिग रहेको छ | अझ भिडियोमा कमला घिमिरेको बिहे गरेको सिनले झनै शोभा बढाएको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा महेश महराले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ ।

गित Chhahari म्युजिक अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।  गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: