ॠषि र शर्मिला काण्डबारे बोल्दै अघोरी बाबा मिडियामा; उनी भन्छन् ऋषिलाई बाटोमा भेटे कु,टदिन्छु…

पछिल्लो समय शर्मिला वाइबा र ऋषि धमलाको का’ण्डले सामा’जिक सञ्जालमा राँकिएको छ ।यसैबीच ॠषि धमला र शर्मिला वाइबा काण्डबारे बोल्दै अघोरी बाबा मिडियामा आएका छन्। उनी भन्छन् देशको महान पत्रकार भएर त्यस्तो काम गर्न नहुनि भन्दै सो कुरा सत्य भएमा ऋषिले शर्मिलालाई स्विकार गर्नुपर्छ भनेका छन्।

उनले यो कुरा साँचो हो भनि महान पत्रकार ऋषिलाई बाटोमा भेट भएमा कुटदिन्छु समेत भनेका छन्।अघोरी बाबाको सिद्धान्त नै अन्याय गर्दै हिडने मान्छेलाईकुटने हो उनले सो भिडियोमा बताएका छन्।

शर्मिला वाइबाले केही समय अगाडि ऋषि धमला लाई आफ्नो प्रेमी रहेको दावी गरेकी थिइन । त्यति’मात्र हैन उनले धमला संग विगत ११ वर्षको उमेरदेखि प्रेम’सम्बन्ध रहेको कुरा समेत आरो’प लगाएकी थिइन ।त्यसपछि उनले माफी समेत मागेकी थिइन । उनले आफुलाइ उक्साएको भरमा सो आरो’प लगाएको बताएकी थिइन ।

कर्मचारी सरुवामा अब भनसुन चल्दैन: प्रशासनमन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कर्मचारी सरुवाको बेथिति न्यूनीकरण गर्न केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्न केही नीतिगत व्यवस्था गर्छौं, सरुवामा अब भनसुन चल्दैन ।’

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनिकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले उल्लेख गरे ।
भनसुन अन्त्य गर्न सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै उनले पार्टी निकट कर्मचारीलाई भने, ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरुले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।’

माओवादी नेतृत्वको सरकार भएको वेला माओवादी निकटका कर्मचारीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्नसमेत मन्त्री मोदीले आग्रह गरे ।

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीले पनि पहिला जनताको सेवालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानूनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।

प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्न जोड दिनसमेत उनले निर्देशन दिए ।