चलचित्र ‘नांगो गाउँ’मा कर्म र सामाज्ञी

काठमाडौं, ९ फागुुन । चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ । नांगो गाउँमा कर्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए ।

हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको नांगो गाउँमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ ।

यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकार टुंगो लागिसकेको छ ।

नांगो गाउँलाई पूना फिल्म इन्स्टिच्युट’का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नेछन् । आरआर फिल्म्सले वितरण गर्ने चलचित्र फागुन अन्तिम साता फ्लोरमा जानेछ ।

यो पनि पढ्नुहोस् :
सुनसरीको धरानमा ग्यास सिलिन्डर विष्फोट हुँदा ८ जना घाइते भएका छन् । सोमबार साँझ भएको विस्फोटमा परी घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

विष्फोटमा धरान १७ की २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राईको अवस्था गम्भीर छ ।

त्यस्तै, अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ग्यास जोडने क्रममा ग्यास लिक भएको थियो । ग्यास बनाउन कोशी ग्यासकै कर्मचारीलाई बोलाएकी थिइन् । सोही क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो।

समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाको भनाइ छ। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन्।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।