दोस्रो बिहे गर्दै अभिनेत्री मलाइका अरोरा, कोसँग गर्दै छन् विवाह ? सुनेर सबै भए चकित

मलाइका अरोरा बलिउडकी ग्ल्यामरस र चर्चित अभिनेत्री हुन् । हालै नायिकाले डिजिटल डेब्यु गरेकी छिन् । हाल उनी आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’मा देखिएकी छिन् ।

यस शोमा मलाइका अरोराले फ्यानलाई आफ्नो जीवनमा झलक दिने मौका दिइरहेकी छिन् । शोको हरेक एपिसोडमा फ्यानहरूले मलाइकाका बारेमा धेरै यस्ता कुराहरू थाहा पाउँछन् जुन उनीहरूले कहिल्यै नसुनेका हुन सक्छन् । हालै नायिकाले आफ्नो दोस्रो बिहेको कुरा पनि गरेकी छिन् ।

मलाइका अरोरा एक यस्तो अभिनेत्री हुन् जसले फिल्ममा आफूलाई स्थापित गर्न सकेकी छैनन्, तर उनलाई हेडलाइनमा कसरी रहन राम्रोसँग थाहा छ । सामाजिक सञ्जालमा उनको प्रभुत्व छ । उनको बारेमा जान्नका लागि फ्यानहरु पनि निकै उत्साहित छन् ।

उनको जीवनको रहस्यले मानिसहरूलाई उनीतर्फ आकर्षित गर्न बाध्य पार्छ । मलाइकाले नै अरबाजलाई विवाहको प्रस्ताव गरेकी थिइन् भन्ने सायदै कसैलाई थाहा छैन । यसबाहेक मलाइकाले आफ्नो जीवनका धेरै महत्वपूर्ण खुलासा गरेकी छन् ।

अरबाजले मलाइकालाई गरेका थिएनन् पहिले प्रपोज
हालै मलाइकाले आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’मा आफ्नो पूर्व पति अरबाज खानसँग कसरी विवाह गरिन् भन्ने खुलासा गरेकी छन् । अभिनेत्री भन्छिन्, ‘मैले तिमीसँग बिहे गर्न चाहन्छु भनेको थिएँ, तिमी तयार छौ ?’ जवाफमा अरबाजले निकै मायाले भने, ‘तिमीले मात्र दिन र ठाउँ छान्नुपर्छ ।

आफ्नो कुरालाई अगाडि बढाउँदै मलाइकाले भनिन्, ‘सबै कुरा ठिक थियो, केही कुराले मलाई सताइरहेको थियो, त्यसैले मैले अगाडि बढ्नु पर्छ भन्ने महसुस गरें । मैले महसुस गरें कि यो गर्नको लागि सही तरिका हो, केहि सम्बन्धहरू छोड्नुपर्छ । तर बिछोड पछि पनि हामी एकअर्कालाई सम्मान गर्छौं, किनकि अहिले हामी फरक मान्छे भएका छौं ।’

मलाइका दोस्रो बिहेको तयारीमा
मलाइका अरोराले सन् १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । विवाहको यति वर्षपछि सन् २०१६ मा दुवैको बाटो छुट्टियो र दुवैले छुट्टिने निर्णय गरे । उनीहरुको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो । दुबैको एक छोरा अरहान खान छन् । मलाइका हाल अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् भने अरबाज खान पनि मोडल जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो।

समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाको भनाइ छ। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन्।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।