यूके पढ्न आएकी २१ वर्षीया सदिच्छाको अल्पायुमै निधन।

अत्यन्तै दु:खद खबर, दोलखा जिल्ला, मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङ निवासी शैलुङ रिगसुम गुम्बा सेवा समाज, कामनपा – ६ काठमाडौंका महासचिव, समाजसेवी एवं धार्मिक व्यक्तित्व श्री कृष्णकुमार थोकर तामाङज्युको छोरी, नेपालमा नैं उत्कृष्ट अंग्रेजी भाषाको हस्तलिखितमा नाम कमाउन सफल जेहेन्दार विद्यार्थी सुश्री सदिक्षा थोकर तामाङको बेलायत (UK) मा उपचारको क्रममा अचानक दु:खद निधनको खबरले हामीहरू सम्पूर्ण अत्यन्तै मर्माहत, दु:खी र स्तब्ध भएका छौंl यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तीको कामना एवं वैकुण्ठ वासको कामना गर्दै भावपूर्ण हार्दिक श्रध्दान्जली अर्पण गर्दछौं। साथै सम्पूर्ण शोक सन्तप्त परिवारजन हरुमा भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।

उच्च शिक्षाका लागि यूके आएकी केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । निमोनिया भएपछि मिल्टन केन्स् यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै बुधबार १० मे मा उनको निधन भएको थियो। सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन्। ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर पढ्न बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ । वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्णकुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् । परिवारले उनको अन्त्येष्टी नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ। शव नेपाल पठाइदिन मृतकका बाबुको आग्रह अनुसार आर्थिक सहयोग संकलन थालिएको यहाँहरू समक्ष जानकारी गर्दछ। नेपाल स्कटल्याण्ड एसोसिएसन, आदर्णिय सम्पुर्ण स्कटल्याण्ड बासि दाजुभाई दिदीबहिनीहरू संग आर्थिक सहयोग उपलब्धको लागि हार्दिक अपिल गर्दछ। अल्पायुमै सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण नेपाल परिवार स्तब्ध भएका छन्।