स्कटल्यान्डमा पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कामहरुको लागि नेपाली दुतावास लण्डन द्वारा घुम्ती सेवा!

 

गैर आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले नेपाली दुतावास लण्डनसंग यो महिना मे २१ (May 21, Sunday) र मे २२ (May 22, Monday) का दिन स्कटल्यान्डमा घुम्ती सेवाको कार्यक्रम राखेको जानकरी गर्दछ। यस कार्यक्रममा सम्पूर्ण स्कटल्यान्डबासीले आफ्नो पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कामहरु गर्न मिल्ने जानकारी गर्दछ। कार्यक्रमको लागी मिति, स्थान तथा समय निम्न अनुसार रहेको र हजुरहरुलाई सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछ।

साथै सम्बन्धित कार्य सेवाको लागि आउँदा कृपया नेपाली दूतावासमा रहेको आवश्यकीय अनलाइन फर्म भरी उपस्थितको लागी हार्दिक अनुरोध गर्दछ।

Day 1: 21st May, 2023 आइतबार (Glasgow) 09:00 am – 13:00 pm स्थान : Himalayan Dine in 7 Burn Pl, Cambuslang, Glasgow G72 7DS

Day 1: 21st May, 2023 आइतबार (Aberdeen) 17:00 pm – 20:00 pm स्थान : Nepalese himalayan association Unit B Kettock Lodge Campus 2, Balgownie Drive, Bridge of Don, Aberdeen, AB22 8GU

Day 2 : 22nd May 2023, सोमबार (Edinburgh) 09:00 am- 13:00 pm स्थान : Himalayan Center for Arts and Culture 121 Great Jct St, Leith, Edinburgh EH6 5JB

कार्यक्रमको बारेमा थप जानकारी, सल्लाह- सुझाबको लागि हामीलाई:

काशिराम भण्डारी: 07877126767

मनिष खत्री: 07479383866

उज्ज्वल कार्की: 07825086545

घनश्याम भण्डारी: 07970889854

शर्मिला भण्डारी: 074633716235 मा सम्पर्क गर्न अनुरोध गर्दछ।