गृहमन्त्री रवि लामिछानेमाथि ब्यग्य गर्दै नायिका सुरक्षा पन्तले लेखिन् यस्तो कविता, कविताको चर्चा

काठमाडौं । नायिका सुरक्षा पन्तले साहित्य भनेपछि निकै रुची राख्ने विषय हो । रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक समेत रहेकी यी सुन्दरीले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन् ।

सुरक्षाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्वीर सेयर गर्दै ब्व्ग्यात्मक शैलीमा लखेको कतिवाले यतिबेला चर्चा बटुलीरहेको छ ।

गृहमन्त्री लामिछानेलाई व्यंग्य गर्दै यी सुन्दरी हिरोइनले पछिल्लो समय नेपाली राजनीतिमा पिर्का कसरी सत्ता लोलुपताको रुपक बनेको छ भनेर आफ्नो कविता मार्फत बताउन खोजेकी छिन् । नायिका पन्तले लेखेको कविता पढ्नुहोस् जस्ताको त्यस्तै

“पिर्का”
के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि
हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा
पिर का!
ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?
यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?
“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।
मानौं!
स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी
के भो त अनि?
पिर्काहरु अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।