सन्दीपको पक्षमा ज्योति मगर, लेखिन् यस्तो जताततै हङ्गामा मच्चियो !

गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् । उनले लेखेकी छन्, ‘दो’षी ठ’हर होलान् या नहोलान्, अहिले नै उनलाई बला’त्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले भदाैमै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘नगरकोट घुम्न जानु, होटलसँगै जानु, ५ गते घटना हुनु र २१–२२ मा मुद्दा दर्ता हुनु अलि गडबड त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो ।’ ‘केटाको उमेर जति नै ठूलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिग’माथि बला’त्कार हुने गरेको उनको टिप्पणी छ ।

सन्दीपविरुद्ध गत भदौमा १७ वर्षीया किशोरीले बला’त्कार आ’रोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । अहिले पुर्पक्षका लागि जे’ल सजाय काटिरहेका छन् । हाल कारा’गारमा रहेका सन्दीपको पुनरावेदन सुनुवाइका लागि बिहीबार तोकिएको पेसी पनि स्थगित भएको छ ।

पु’र्पक्षका लागि थु’नामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्धको निवेदनमा लामिछानेका पक्षबाट पेसी स्थगित गरिएको हो । न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारी इजलासमा पेसी चढेको थियो । यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै बिहीबारलाई सारिएको थियो ।

यसअघि पनि सो निवेदनमा दुई पटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै कानुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रोपटक भने इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन ।

सदीपका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए । पी’डित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेस गरेका छन् ।