गायिका समिक्षा अधिकारीले नराम्रो कमेन्ट गर्नेहरुलाई दिईन साइबर अपराधको कडा चेतावनी (स्टाटस सहित)

गायिका समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन थालेकी छिन् । केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् । तर पछिल्लो समय नकारात्मक कमेन्टको सामना गरिरहेकी उनले भर्खरै एउटा पोस्ट गरेकी छिन् ।

उनले लेखेकी छिन्- मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन ।

नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।केहि समय पहिले गायिका समिक्षा अधिकारिले दर्शकले नराम्रो कमेन्ट गरेर आफ्नो मनोबल घटेको बताएकि थिईन । उनलाई सामाजिक संजालमा दर्शकले तथानाम गाली गर्ने गरेका छन। उनले आफू लाई तथानाम गाली नगर्दिन आग्रह गर्दै मनोबल घटेको बताएकि थिईन।

जता ततैबाट गालीको ओईरो लागेपछि रुदै उनले सबैमा आग्रह गर्दै राम्रो कमेन्ट मात्र गर्दिन आग्रह गरेकी थिईन ।उनले एक कार्यक्रममा रुदै आफनो पुरै मनोबल घटेको बताईन । राम्रो भन्दा केही गर्ने मनोबल आउँथ्यो तर म बाच्नै नसक्ने भैइसकेको छु ।

सामाजिक संजाल खोल्न बितिकै गालीको ओईरो देख्छु यस्तो नगर्दिनुस भन्दै उनले किही समय पहिले रुदै भनेकी थिईन । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।

यो पनि पढ्नुहोस् :
कोलोराडो। अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो। हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ।

कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो। समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो।

सो पेय लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गोली प्रहार गरेको थियो। गोली प्रहारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो। लामिछानेको पसलमा कुनै चालचुल नभएकोपछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेको थियो।

हत्यामा संलग्न व्यक्ति र उनले प्रयाेग गरेकाे सवारी साधन

प्रहरी पुग्दा झण्डै ९ बजेको थियो। तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरीका र एक छोरा छन्।

गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो। सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो।

प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्यारा गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि पक्राउ परेको हो। हत्या गरेर भागेको सो लुटेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ बर्षको भएको इण्डियाना पक्राउको पक्राउ विवरणमा उल्लेख छ।

हत्यारा नर्थ क्यारिलिनाबासी भएको प्रहरीको विवरणमा उल्लेख छ।कोलोराडोको नेपाली समुदाय यो घटनापछि शोकमा डुबेको छ। नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, यसअघि यसरी गोली प्रहार गरी नेपालीको हत्या भएको थिएन त्यसैले नेपाली समुदायका लागि यो पहिलो पीडादायी घटना हो।

पीडितको अन्तिम संस्कार र परिवारका लागि भनेर नेपाली संस्थाहरुले गो फण्ड खोलेका छन्। अध्यक्ष ढकालले विपतको समयमा पीडित परिवारलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।