मेस्सीलाई रोक्न नसकेको स्विकार्दै बार्सिलोनाका अध्यक्षले खोले क्लब भित्रको यस्तो रहस्य

काठमाडौं । सन् २०२२ को विश्वकप जिताएपछि मेस्सी अर्जेन्टिनाका मात्रै नाय भएनन् समग्र फुटबल प्रेमीहरुका दिलदिलमा अटाएका छन् ।

तत्कालिन समयमा बार्सिलोना छाडेर पिएजीमा जाँदा उनलाई रोक्न नसकेकोमा बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको खुलासा गरेका छन् ।

दुखी हुँदै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले भनेका छन् मलाई उनलाई जाउ भन्न मनै थिएन तरक्लब तहसनहस भएकाले मैले थाम्न सक्ने अवस्था नरहेकाले मेस्सीले आफ्नो विकल्प खोजेको उनले बताए ।

उनले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेरकुरा गर्दै भनेका छन् ‘फुटबल इतिहासको सर्वश्रेष्ठ खेलाडीलाई मैले बार्सिलोनामै राख्नुपर्ने थियो,’ । उनी अगाडी थप्छन् ‘ध्वस्त अर्थतन्त्रको त्यो समयमा मैले उनलाई राख्न सकिनँ । मलाई लाग्यो उनको बहिर्गमन क्लबका लागि राम्रो हुनेछ ।’