नायिका स्वस्तिमा र वर्षाले फेरी एउटै फिल्ममा काम गर्दै, कुन हो फिल्म ?

काठमाडौँ ।

नायिकाद्धय स्वस्तिमा खड्का र वर्षा राउत पछिल्लो पुस्तामा सबैभन्दा बढी चलेका कलाकार हुन् ।

यी दुवै सुन्दरीले निर्मात्री कृषा चौलागाँइले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन् । नाम तय भइनसकेको फिल्मको छायांकन माघको दोश्रो साताबाट सुरु हुने बताइएको छ ।

यी दुवै सुन्दरी फिल्ममा अनुबन्धित भइसकेका छन् । फिल्ममा वर्षा र स्वस्तिमाका अलावा मुकुन भुषाल, सुशिल सिटौला र कोशिश क्षेत्रीको पनि मुख्य भूमिका रहने स्रोत बताउँछ ।

महिला केन्द्रित रहने फिल्ममा स्वस्तिमा र वर्षाले भने दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यी सुन्दरीले यसअघि फिल्म ‘छक्का पन्जा २’मा एकसाथ सहकार्य गरेका थिए । त्यस्तै नायिका हआँचल शर्मा पछिल्लो पुस्ताकी बढी रुचाइएकी कलाकार हुन् । तर बेला बेलामा यी सुन्दरी आफ्नो बोलीका कारण ट्रोल बनिरहेकी हुन्छिन् ।

बेलाबखत बोल्द बोल्दै चिप्लिँदा उनी आलोचित भैरहने हुँदा आफ्नै बयानका कारण ट्रोलरको निशानामा पर्दै आएकी छिन् । गत वर्ष उनले महिलाहरुले टिकटक चलाउने र उनीहरु बढी क्रियटिभ हुने भन्दै अन्तरवार्ता दिएपछि ट्रोलको शिकार बनेकी आँचल अहिले फेरी नायिका पूजा शर्मालाई ‘अग्रज’ भन्दा ट्रोल बन्न पुगेकी छिन् ।

आँचलले पूजालाई सम्बोधन गर्दा आफू भन्दा धेरै अगाडि फिल्म क्षेत्रमा पूजा आएको भन्दै आँचलले उनी आफ्नो अग्रज भएको र उनलाई सम्मान गर्ने उल्लेख गरेकी छिन् । पूजाले फिल्म ‘थ्रि लभर्स’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् भने आँचलले फिल्म ‘नाई नभन्नु ल ४’बाट करिअर सुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा आउनु अघि आँचल र पूजा दुबैले केही म्यूजिक भिडियोमा काम गरिसकेका थिए । आँचल र पूजा एउटै जेनेरेशनका नायिकाहरु हुन् ।

तर, आँचलले पनि पूजालाई अग्रज भएको बताउँदै उनलाई धेरै पुरानी नायिका जस्तो सोचेर अन्तरवार्तामा उल्लेख गरेसँगै आँचललाई उनका फ्यानले अग्रजको अर्थ पनि थाहा नभएको भन्दै उनको ट्रोल गरिरहेका छन्